माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूको एकता घोषणा कात्तिक २० गते काठमाडौंमा हुने
304 पटक पढिएको
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूको एकता घोषणा यही कात्तिक २० गते काठमाडौंमा हुने भएको छ।
माओवादी केन्द्रको आज बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो। माओवादी नेता अग्नि सापकोटाका अनुसार सो दिन माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुनेछ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ र चुनाव चिन्ह तारा रहनेछ । रहनेछ। नयाँ पार्टीको राजनीतिक सिद्धान्तबाट ‘माओवाद’ हटाइने भएको छ ।
माओवादी केन्द्र संग पार्टी एकता गर्ने निर्णयमा असहमती राख्दै नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल,महासचिव घन श्याम भुसाल लगायतका नेताहरुले अलग्गै पार्टी निर्माण गर्ने घोषणा गरेका छन् ।








https://shorturl.fm/nOuDq