धादिङका माओवादी नेता बोध नारायण श्रेष्ठ रास्वपामा प्रवेश
565 पटक पढिएको
धादिङ, १७ कात्तिक । धादिङको ज्वालामुखी गाउँपालिका निवासी तथा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका माओवादी निकट बोध नारायण श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशलगत्तै उनलाई रास्वपाले केन्द्रीय संगठन विभागका उपप्रमुखको जिम्मेवारी दिएको छ।
केही दिनअघि मात्र युनिसेफको जागिर छाडेका श्रेष्ठ आइतबार रास्वपामा प्रवेश गरेका हुन्। दश बर्षे शसस्त्र युद्धका वेला माओवादी कार्यकर्ता भएकै कारण श्रेष्ठ स्थायी शिक्षकको जागिर छाड्न बाध्य भएका थिए। तत्कालीन सरकारले उनलाई पक्राउ गरी जेल समेत हालेको थियो।
राजनीतिमा प्रवेशपछि श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् –
“विकास र राजनीतिक ज्ञान तथा चेतनाको प्रयोग गर्न, राजनीति खेल होइन तर फोहोरी खेल नबनोस् भन्ने मान्यतामा जोड दिन, योगदान गर्न र सामाजिक भ्रष्टाचार न्यूनीकरणमा अभियान चलाउनका लागि राजनीति रोजेको हुँ।”
श्रेष्ठका अनुसार, आफूले राजनीति परिवर्तनको माध्यमका रूपमा लिएको र सकारात्मक सोचसहित नयाँ पुस्तालाई अघि बढाउने उद्देश्य बोकेर रास्वपामा लागेको बताए।
यसअघि पनि धादिङकै ज्वालामुखी गाउँपालिकाका कृष्णमान शाक्यले नेपाली काँग्रेस छोडी रास्वपामा प्रवेश गरेका थिए। उनले केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी पाएका छन्।
श्रेष्ठ र शाक्य गैर सरकारी संस्था मार्फत समुदायमा सक्रिय व्यक्ति हुन । श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी धादिङको पूर्व मन्त्री हुन । रेडक्रस अभियानबाट आफ्नो पहिचान बनाएका उनी पछिल्लो डेढ दशक भन्दा बढी समय देखि युनिसेपमा सरसफाई तथा बिकास बिज्ञका रुपमा कार्यरत थिए । यसै गरी केही दिन अघि नेपाली काँग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका शाक्य पनि बाताबरण तथा जनस्वास्थ्य बिज्ञ हुन । शान्ति नेपाल नामको गैर सरकारी संस्था मार्फत खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरी गाउँ गाउँमा खुल्ला दिशामुक्त अभियान सञ्चालनमा शाक्यको महत्वपूर्ण योगदान रहेको छ ।
श्रेष्ठ र शाक्यलाई रास्वपामा प्रवेश गराउने रास्वपाका कार्यवाहक अध्यक्ष डिपि अर्याल पनि धादिङ ज्वालामुखीका वासिन्दा हुन् ।









https://shorturl.fm/zlKCy