कस्तो छ आजको मौसम पूर्वानुमान ?

213 पटक पढिएको

२८ कार्तिक २०८२, शुक्रबार ०६:३२ सम्पादक: धादिङ न्यूज

शभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

विभागले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।