अनेरास्ववियु धादिङको दोस्रो विस्तारित बैठक सम्पन्न
300 पटक पढिएको
*
धादिङ -अनेरास्ववियु जिल्ला कमिटी धादिङको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रीय कमिटीको सर्कुलर अनुसार कार्तिक २९ गते हुने नेकपा एमाले जिल्ला कमिटी धादिङको वृहत् भेलालाई सफल र भव्य बनाउने विषयसहितका विभिन्न एजेन्डामा बैठकले निर्णय गरेको छ।
बैठक सादिक मियाको सञ्चालन र अध्यक्ष सबिन नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य श्याम लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
त्यसैगरी, अनेरास्ववियु केन्द्रिय लेखा आयोग सदस्य रेशम श्रेष्ठ र
नेकपा एमाले बागमती प्रदेश युवा तथा खेलकुद विभागका सचिव भुवन श्रेष्ठ विशेष अतिथि रहेका थिए।
कार्यक्रममा अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य राममणी सापकोटा** अतिथिको रूपमा उपस्थित थिए।
बैठक मदन आश्रित भवन, धादिङमा सम्पन्न गरिएको हो।बैठकले संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने निर्णय समेत गरेको अध्यक्ष नेपालले वताए ।







