पत्रकार महासंघ धादिङलाई डेस्कटप कम्प्युटर हस्तान्तरण

313 पटक पढिएको

८ मंसिर २०८२, सोमबार १४:१८ सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाल पत्रकार महासंघ धादिङ शाखालाई कार्यालय व्यवस्थापन तथा सञ्चारकर्मीहरूको कार्य सहजताका लागि सनराइज कम्प्युटरका प्रोपाइटर कृष्ण श्रेष्ठले एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराएका छन्।

कम्प्युटर हस्तान्तरण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रवर्द्धन र व्यवसायिक–प्राविधिक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

महासंघले उपहारस्वरूप प्राप्त कम्प्युटरप्रति हार्दिक आभार व्यक्त गर्दै श्रेष्ठलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेको छ।