रिलायबल नेपाल लाइफले बीमित परिवारलाई ३ लाख ३७ हजार ५०० रुपैयाँ दाबी रकम हस्तान्तरण

343 पटक पढिएको

९ मंसिर २०८२, मंगलवार ०६:४१ सम्पादक: धादिङ न्यूज

धादिङ-रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले  धादिङको त्रिपुरासुन्दरी –२ सल्यानटारका दिवंगत बीमित चन्द्रबहादुर पाण्डेको परिवारलाई ३ लाख ३७ हजार ५०० रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

कम्पनीको सल्यानटार शाखाले आवश्यक कागजी प्रक्रिया पूरा भएपछि बीमित परिवारलाई रकम बराबरको चेक प्रदान गरेको हो।

शाखा प्रमुख रञ्जन श्रेष्ठका अनुसार चन्द्रबहादुर पाण्डेले ३ लाख रुपैयाँको बीमा गरेका थिए र बीमा अवधिमा चार किस्ता भुक्तानी गरेका थिए। बीमाङ्क तथा बोनससहितको दाबी रकम  त्रिपुरासुन्दरी गाउँपालिकाकाउपाध्यक्ष देवराज धरेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर खत्री, धादिङ शाखा प्रमुख राजेन्द्र रेग्मी, तथा शाखाका वित्तीय सल्लाहकारहरू सञ्जु श्रेष्ठ, ठानप्रसाद बसौला, राजकुमार श्रेष्ठ, सुजन कंडेल, सुदिप बसौला र प्रकाश श्रेष्ठको उपस्थिती रहेको थियो।