रास्वपा र विवेकशील साझापार्टी आज एकता हुदै

333 पटक पढिएको

१४ मंसिर २०८२, आईतवार ०६:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुदैछ ।

रास्वपा र विवेकशील साझाबीच आज दिउसो २ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा हुने कार्यक्रम रहेको छ ।

शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।