धादिङमा ७ सवारी ठोक्किँदा २ जनाको मृत्यु, ३३ जना घाइते
342 पटक पढिएको
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा शनिबार सात वटा सवारी एकै ठाउँमा ठोक्किँदा दुःखद दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ। शव हाल काठमाडौँस्थित टिचिङ हस्पिटलमा राखिएको छ। प्रहरीले मृतकको पहिचानका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।
दुर्घटनामा परेका सवारीसाधनहरूमा चारवटा बस, दुईवटा ट्रक र एक मोटरसाइकल छन्। प्रहरी निरीक्षक बस्नेतका अनुसार गोरखाबाट काठमाडौँ आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको भारतीय बस, बा.प्र.०६-००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
प्रहरीका अनुसार, भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । । दुर्घटनामा परी घाइते भएकालाई स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। राजमार्गमा केही समय यातायात अवरुद्ध भएको थियो र हाल सडक पुनः सञ्चालनमा आएको छ।








https://shorturl.fm/N0BzB
https://shorturl.fm/q6yHW