मलेखु–नागढुङ्गा सडक आज वन्द नहुने

359 पटक पढिएको

२७ मंसिर २०८२, शनिबार ०६:३९ सम्पादक: धादिङ न्यूज

धादिङ। दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गर्दै स्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड शुक्रबार र शनिबार खुला गरिएको छ। नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ध्यानमा राख्दै सवारी आवागमन नरोक्ने निर्णय गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म दैनिक पाँच घण्टा सडक आंशिक रूपमा बन्द गरी काम गर्दै आएको थियो। तर दुई दिनका लागि उक्त समयतालिका स्थगित गरिएको आयोजनाले जनाएको छ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाका अनुसार शुक्रबार र शनिबार सडक बन्द नगरिने निर्णय भएकाले आज पनि दिनभर सडक खुला रहने भएको हो । त्यसपछि भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार पुनः आंशिक बन्द गरेर काम अघि बढाइने छ।

उनका अनुसार स्तरोन्नति कार्यलाई तीव्रता दिन धादिङ र काठमाडौँका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम भइरहेको थियो। महाधिवेशनका कारण सवारी चाप बढ्ने र सम्भावित जाम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडक खुला राख्ने निर्णय गरिएको हो।

यसअघि युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेट गरी महाधिवेशन अवधिभर सडक खुला गरिदिन आग्रह गरेको थियो।

सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डमा कालोपत्र कार्यलाई उच्च प्राथमिकतामा राखेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीर क्षेत्रमा सडक चौडा गर्ने कामलाई प्राथमिकतासाथ अघि बढाइरहेको छ।


Hey, slotoro – if you’re into slots, they do have a wide selection. I’m not a huge slots guy myself, but I spent an hour or so just spinning away. Not a life-changer, but a reasonable way to kill some time.

Jaiho Arcade APK, eh? If you’re looking for some old-school arcade action on your phone, this is probably what you’re after. Download was smooth, and the games are pretty fun for a quick fix. Download for a good time here: jaihoarcadeapk.