आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै

396 पटक पढिएको

१ पुष २०८२, मंगलवार ०८:१२ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको ऐतिहासिक दिनको स्मरणमा आज देशभर आठौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै छ।

हरेक वर्ष पुस १ गते मनाइने राष्ट्रिय झण्डा दिवस यस वर्ष ‘मेरो शान, मेरो स्वाभिमान—राष्ट्रिय झण्डा हाम्रो पहिचान’ नाराका साथ मनाउन लागिएको हो। अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान, गौरव र राष्ट्रिय स्वाभिमानको प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाइँदै आएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय झण्डा दिवसको अवसरमा काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रममा झण्डा प्रदर्शन, सांस्कृतिक प्रस्तुति र राष्ट्रिय पहिचानसम्बन्धी सन्देश प्रवाह गरिने छ।

वि.सं. २०१९ साल पुस १ गते (सन् १९६२ डिसेम्बर १६) का दिन संयुक्त राष्ट्रसङ्घले नेपालको दोहोरो त्रिकोणात्मक राष्ट्रिय झण्डालाई औपचारिक रूपमा मान्यता दिएको थियो। यही ऐतिहासिक दिनको सम्झनामा राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ।

 


keobovn, huh? This one is kinda new to me. Giving it a try. It looks alright so far, let’s see if it hits the spot! Not ready to give a final verdict, but will check here again to share how the experience goes.