यू–१९ एशिया कपः नेपालले आज अफगानिस्तानको सामना गर्दै
481 पटक पढिएको
काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान १०:४५ बजेदेखि सुरु हुनेछ।
जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्। दुवै टोली श्रीलंका र बंगलादेशसँग पराजित भएका हुन्। त्यसैले आजको खेलले प्रतियोगिताको सेमिफाइनल समीकरणमा भने कुनै प्रभाव पार्ने छैन।
एकदिवसीय ढाँचामा सञ्चालन भइरहेको एसीसी यू–१९ एशिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई सहभागी छन्। समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू–१९ टोली युएई पठाएको छ। नेपाली टोलीमा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन्।








VNL, a short name that is easy to memorize. Perhaps it can bring you a good user experience? Check it out: vnl
Yo fam, just gotta shout out ketquanet9! Been using it for a bit, and it’s been solid. Give it a try and lemme know what you think! Worth it! ketquanet9
Yo, 789win9 is alright. Nothing to write home about, but it’s decent. Could definitely kill some time when you’re looking for something to do. Give it a shot: 789win9
https://shorturl.fm/RhKg5
https://shorturl.fm/inXCj