लामो असमझदारीपछि अभूतपूर्व मिलन, त्रिपाठी–लोहनी केन्द्रीय सदस्यमा निर्वाचित

542 पटक पढिएको

४ पुष २०८२, शुक्रबार ०७:५४ सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमालेको ११औं महाधिवेशनबाट धादिङका  खेम लोहनी र भूमि त्रिपाठी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनबाट लोहनी भूगोल (बागमती प्रदेश) तर्फबाट र  त्रिपाठी खुल्ला तर्फबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन्।

भूमि त्रिपाठी पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने खेम लोहनी तेस्रो पटक केन्द्रीय सदस्य बनेका हुन्। लोहनी नवौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यका रूपमा केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए।

धादिङबाट केन्द्रीय कमिटीमा निर्वाचित लोहनी एमाले धादिङका पूर्व अध्यक्ष हुन् भने त्रिपाठी हाल जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। दुवै नेता पूर्व सांसद समेत हुन्।

चार दशकदेखि सक्रिय राजनीतिमा रहेका लोहनी र त्रिपाठी दुवै जना यसअघि नेकपा एमाले जिल्ला कमिटी धादिङको अध्यक्ष रहिसकेका छन्। २०७४ सालको निर्वाचनमा त्रिपाठी धादिङ क्षेत्र नम्बर १ र लोहनी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई एकैसाथ संसद प्रवेश गरेका थिए। तर २०७९ सालको निर्वाचनमा लोहनी काँग्रेसका रामनाथ अधिकारीसँग र त्रिपाठी नेकपा एसका राजेन्द्र पाण्डेसँग पराजित हुन पुगेका थिए।

जिल्ला कमिटी अध्यक्ष हुँदै नवौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका लोहनी धादिङ जिल्ला इञ्चार्जको भूमिकामा समेत सक्रिय थिए।

यसअघि नेकपा एमालेबाट अलग भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुनु अघि धादिङका राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र बलराम बाँस्कोटा एमालेका केन्द्रीय सदस्य थिए। उनीहरू नेकपा एसमा गएपछि धादिङबाट केन्द्रीय सदस्यको जिम्मेवारी खेम लोहनी र जानुका सिम्खडाले सम्हालेका थिए। तर, सिम्खडा ११औं महाधिवेशनबाट केन्द्रीय समितिबाट बाहिरिएकी छन्।

त्यसैगरी, धादिङका नेता प्रा.डा. पुष्पराज कँडेल पुनः केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका छन् भने अर्का नेता मिनराज कँडेल केन्द्रीय सदस्यमा पराजित भएका छन्। केन्द्रीय अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका ध्रुवराज विश्वकर्मा पनि पराजित भएका छन्। धादिङमै जन्मिएर विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय रहँदै आएकी क्रान्ति बुर्लाकोटी कास्की जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

लोहनी र त्रिपाठी दुवै जना अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। एउटै समूहका भए पनि लामो समय समन्वय हुन नसक्दा दुई समूहमा विभाजित भएर गतिविधि गर्दै आएका यी दुई नेताबीच ११औं महाधिवेशनको पूर्वसन्ध्यामा अभूतपूर्व मिलन भएको हो, जसलाई एमाले धादिङको राजनीतिमा नयाँ अध्यायका रूपमा हेरिएको छ।

नेकपा एमाले धादिङको पछिल्लो आन्तरिक विवादलाई बुझ्न खेम लोहनी र भूमि त्रिपाठीबीचको विगतको सम्बन्ध महत्वपूर्ण मानिन्छ। दुवै नेता लामो समयसम्म केपी शर्मा ओली निकट मानिए पनि आपसी समन्वयको अभावका कारण उनीहरूबीच राजनीतिक दूरी बढ्दै गएको थियो। जिल्ला नेतृत्व र संगठन सञ्चालनका विषयमा मतभेद चर्किँदै जाँदा एमाले धादिङ दुई समूहमा विभाजित भई गतिविधि हुँदै आएका थिए।

यही आपसी शक्ति–सन्तुलन र नेतृत्वको प्रभाव जमाउने प्रतिस्पर्धाले गत बर्ष जिल्ला अधिबेशनमा कुटाकुटको अबस्था सिर्जना भएको थियो । जिल्ला अधिबेशनमा लोहनी पक्षले डा.रामकुमार अधिकारीलाई अध्यक्षमा अघि सारेको थियो भने त्रिपाठी पक्षबाट उनी आंफै अध्यक्षको उम्मेदवार वनेका थिए ।

जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि चयनदेखि नेतृत्व चयनसम्मको प्रक्रिया निकै जटिल र संवेदनशील बन्न पुगेको थियो ।  यद्यपि ११औं महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको त्रिपाठी–लोहनीबीचको अस्थायी समन्वयले केन्द्रीय तहमा एकता देखिए पनि जिल्ला तहमा विगतको असमझदारी अझै पूर्ण रूपमा समाधान हुन नसकेको कार्यकर्ताहरुको बुझाई छ ।


Alright, let’s talk hm88betlatranggi. I’ve been giving them a shot for a while now, and honestly, the experience has been good. The odds are fair, and payouts are timely, which is always a plus. Give them a try if you’re looking for a reliable place to bet. hm88betlatranggi