एमाले नेत्तृत्वलाई ईश्वर पोखरेलको चेतावनी : ‘भ्रममा परेर अनावश्यक तरंगित नबनौँ’
480 पटक पढिएको
काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएपछि पोखरेलले पहिलो पटक आफ्नो धारणा बाहिर ल्याएका हुन्।
पार्टी अध्यक्ष ओलीले फरक मत राख्ने नेता–कार्यकर्ताप्रति दवाब र पेलेर अघि बढ्ने नीति अवलम्बन गरेको आरोपसहित पोखरेलको धारणा सार्वजनिक भएको बताइएको छ। अध्यक्ष ओलीको नेतृत्व शैली र पछिल्ला अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि बढ्दै गएको सन्दर्भमा पोखरेलको धारणा आएको विश्लेषण गरिएको छ।
महाधिवेशनअघि र महाधिवेशनका क्रममा देशभरबाट आफ्ना पक्षधर प्रतिनिधि चयन गरेर सहभागिता गराएको आरोप ओलीमाथि लाग्दै आएको छ। पार्टीभित्र लोकतान्त्रिक मान्यतामा विश्वास राख्ने नेता–कार्यकर्ताप्रति नेतृत्व तहबाट शत्रुतापूर्ण व्यवहार देखिन थालेको भन्दै आलोचना पनि बढ्दै गएको छ।
अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यममा दिएका अभिव्यक्तिहरूले पार्टीभित्र थप तरंग सिर्जना गरेको नेताहरूको भनाइ छ। यसले एमालेभित्र आन्तरिक बहस र असहमतिको स्वर सार्वजनिक रूपमा देखिन थालेको संकेत गरेको विश्लेषकहरूको टिप्पणी छ।
पोखरेलले फेसबुकमा लेख्नु भएको स्टाटस जस्ताको तस्तै
-सही कुरा बुझौं ! भ्रममा परेर तरंगित नबनौं !!
————————————
हालै नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहां उठेका छलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूका विचमा भएको सामान्य र विदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ ।
विगतमा पटक पटक पार्टीभित्रको वहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकारनै छौं । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौं र पीडित पनि रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा – विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन – हुन दिइने छैन । संस्थागत गरिएका ( वा गरिने ) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता / कार्यकर्ताले आत्म समर्पण होइन, आत्मसम्मान खोज्छन् ; कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुंदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि !
हो, यसपटक विभिन्न कारणले सर्वसम्मती भएन,
नेतृत्वका लागि । ( खासमा नेतृत्वबाट सर्वसम्मतीका लागि ठोस पहल नभएको कुरा महाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने पूर्व योजना रहेर त त्यस्तो गरिएको त थिएन – धेरै सहभागीले यो प्रश्न मनमा लिएर आआफ्ना क्षेत्रमा फिरेको हुनुपर्छ । )
समूह/ समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित विषयमा केन्द्रीत रहेर विषयहरू उठाइएका थिए । ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए , ‘अबधारणा पत्र ‘ का रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् ! अर्थात् , लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि ! जे होस् , अहिले महाधिवेशनले एउटा निष्कर्श दिइसकेको छ ! त्यसलाई पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट सबैले आत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?
रूपान्तपणका लागि निरन्तर वहस/ छलफल , आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध – अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह/ समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने / निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउने विषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिले नेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला –
– विधि र प्रकृया अनुसार गरिएका/ भएका संस्थागत
निर्णयहरूको निशर्त पालना !
– पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार ! पार्टीलाई विभाजित बनाउने कुराको सख्त बिरोध । संगसंगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण !
– यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ – सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।








188betdangnhap! Now they’re just being fancy. Hope their site lives up to the name. Let’s see… 188betdangnhap
Bet88goldenhour… sounds intriguing. Gave it a quick look, nothing too fancy, but seemed alright. Check if they got anything worth your time. Go on, give it a peek: bet88goldenhour
Sige77login’s where it’s at for a quick game after work. Easy to get in, and the interface is pretty straightforward. Nice and simple. Check it out yourself: sige77login