साङकोष तिप्लिङ सडकको थोपलखोलामा पुल बनाउने काम यसै बर्ष शुरु हुने

539 पटक पढिएको

८ पुष २०८२, मंगलवार २१:१० सम्पादक: धादिङ न्यूज

धादिङ । सदरमुकाम धादिङबेसीबाट जिल्लाको उत्तरी भेगका गाउँबस्ती जोड्ने मुख्य सडक नाका धादिङबेसी साङकोष तिप्लिङ सडकको थोपलखोलामा पक्की पुल निर्माणको चर्चा फेरी शुरु भएको छ ।

पटक पटक चर्चामा आएपनि निर्माण कार्य अघि बढ्न नसकेको थोपलखोलामा पुल निर्माण कार्य अघि बढाईदिन नीलकण्ठ नगरपालिकाकान प्रमुख सहितको टोलीले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटालाई  बढाउन ध्यानाकर्षण गराएको छ।

नीलकण्ठ नगरपालिका–३ र १२ लाई जोड्ने साँकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) अन्तर्गत पुछार बजारमा पक्की पुल निर्माणका लागि यसै आर्थिक वर्षबाट काम सुरु गरिने मन्त्री देवकोटाले प्रतिवद्धता जनाएका छन् ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख ढुंगाना संगको भेटमा  मन्त्री देवकोटाले करिब साढे चार करोड रुपैयाँ लागतमा बन्ने पुलको बहुवर्षीय टेन्डर प्रक्रिया मार्फत यसै वर्ष काम सुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले पनि उक्त योजना प्राथमिकताका साथ तत्काल अगाडि बढाइने आश्वासन दिएका छन् ।

ध्यानाकर्षण कार्यक्रममा नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी र नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

पुल निर्माण सम्पन्न भएपछि नीलकण्ठ नगरपालिका–३,११ र १२ का साथै  जिल्लाको नेत्रावती डवजोङ, खनियावास, गंगाजमुनाका साथै रुवीभ्यालीका वासिन्दालाई आवतजावत, व्यापार तथा सेवा सुविधामा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।


It’s easy to get carried away with online gaming, so responsible play is key! Seeing platforms like phil168 games focus on localized options (like PHP & local IDs) is a good sign for player protection. Remember to set limits!