आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
299 पटक पढिएको
काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज देशभर विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।
ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण तथा सक्रिय सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गरेका छन्।
नेपालमा विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस दिवसले समाज निर्माणमा ज्येष्ठ नागरिकले पुर्याएको योगदान, त्याग र सेवाप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र सम्मानको भाव पुनः स्मरण गराउने गर्दछ।
नेपालको संविधान र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गरेको छ। यी कानुनी प्रावधानले ज्येष्ठ नागरिकको गरिमामय जीवनका लागि बलियो आधार प्रदान गरेका छन्।
नेपालमा विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकका लागि मासिक रु १०० वृद्धभत्ता दिने घोषणा गरेको थियो। हाल यो भत्ता बढेर मासिक रु ४ हजार पुगेको छ। सरकारी तथ्याङ्कअनुसार करिब १७ लाख ज्येष्ठ नागरिक हाल वृद्धभत्ताबाट लाभान्वित भइरहेका छन्।
ज्येष्ठ नागरिक दिवसका अवसरमा वक्ताहरूले ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानका अमूल्य स्रोतका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।








Comebet88 has a really solid reputation. Lots of my friends play here, and the feedback is always positive. I recommend giving it a whirl at comebet88
Ourobet caught my eye, and I’m glad it did! Nice platform with some real potential. Quick payouts are a bonus. Check them here: ourobet
https://shorturl.fm/8XbHF