आजदेखि मुग्लिन बजारमा सुन्तला महोत्सव हुँदै
354 पटक पढिएको
मुग्लिन -चितवनको मुग्लिन बजारमा आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिवल’ सुरु हुँदैछ । महोत्सव चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामनाको संयुक्त आयोजनामा आयोजना गरिएको हो।
महोत्सवमा ५० भन्दा बढी कक्ष, सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगिता र किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन्। यहाँका १०० भन्दा बढी किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ उठाउनेछन्।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार, यहाँको सुन्तला उत्पादनबाट वार्षिक रु ९–१० करोडको कारोबार हुने गरेको छ। स्वादिष्ट सुन्तला र बगैँचा जोगाउन गाउँपालिकाले हरेक वर्ष बिरुवा वितरण गर्दै आएको छ। महोत्सव पुस १५ गतेसम्म चल्नेछ र यसले स्थानीय उत्पादन र पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।








Trangchubong88 is the place to be! Been following them for sports betting and they haven’t let me down yet. Give it a shot, you might like it! trangchubong88
Hey, seen phfum mentioned around, checked it out. Seems legit for what it is. Easy to navigate. Dive in and see at phfum.
https://shorturl.fm/nhX0T
https://shorturl.fm/J1lG1