‘धादिङ गजुरी’गीतका गायक कलौटे गन्धर्व अब सम्झनामा

345 पटक पढिएको

१२ पुष २०८२, शनिबार ०८:०० सम्पादक: धादिङ न्यूज

धादिङ । ‘धादिङ गजुरी’, ‘जोडी परेवा’, ‘गालैमा म्वाइँ खाइदेउ माया गरे भा…’ लगायतका लोकप्रिय गीतहरूमा आफ्नो सुमधुर स्वर दिएका चर्चित गायक कलौटे गन्धर्वको निधन भएको छ।

गायक गन्धर्वको निधनको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कलाकार रबिन लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत गायकको आत्माको चिरशान्तिको कामना गर्दै, उनको निधनले परिवार मात्र नभई सम्पूर्ण नेपाली संगीत क्षेत्र नै शोकमा डुबेको उल्लेख गरेका छन्।

धादिङको गजुरी क्षेत्रलाई गीत–संगीतमार्फत चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गायक कलौटे गन्धर्वको निधनले लोक तथा आधुनिक संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

दाङमा जन्मिएर सारङ्गी संगीतलाई जीवन समर्पण गर्नुभएका आदरणीय कलौटे गन्धर्वको निधनसँगै नेपाली लोकसंगीतका धेरै सपना र रहरहरू अधुरै रहन पुगेका छन्।
सारङ्गीको तारमा बगेका उनका मधुर स्वर अब सम्झनामा मात्र सिमित हुने भएका छन्।

दिवंगत गायकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।


Yo, Fun88app looks interesting! Been hearing some talk about it. Anyone used it before? Seems like a good place to visit if you are looking for such entertainments: fun88app.