काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहबीचको सम्झौतालाई सकारात्मक मूल्यांकन गर्दै रविका दाजु, रेडियोकर्मी हरिशरण लामिछाने, काठमाडौँको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति सार्वजनिक भएपछि रवि लामिछानेका दाइको एक सामाजिक सञ्जाल पोस्टले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ।
रवि लामिछानेका दाइले सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा “स्वतन्त्र उम्मेदवारी” दिने प्रबल सम्भावना रहेको उल्लेख गरेका छन्। उनले उक्त स्टाटसमा दुई भाइबीच भएको भनिएको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै आफ्नो सम्भावित दाबी सार्वजनिक गरेका हुन्।
उनको स्टाटसमा भनिएको छ—
“दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।”
यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा यो व्यंग्य हो कि गम्भीर राजनीतिक संकेत ? भन्ने प्रश्न उठेको छ। कतिपयले यसलाई हल्का व्यंग्यका रूपमा लिएका छन् भने कतिपयले रास्वपा–बालेन सहमतिपछि बदलिँदो राजनीतिक समीकरणसँग जोडेर हेर्न थालेका छन्।
हालसम्म उक्त टिप्पणी व्यक्तिगत धारणा मात्र हो वा औपचारिक राजनीतिक तयारीको संकेत हो भन्नेबारे रवि लामिछाने परिवार वा रास्वपाबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो टिप्पणी व्यक्तिगत व्यंग्यमा सीमित रहन्छ कि काठमाडौँ महानगरको आगामी चुनावलाई लक्षित नयाँ राजनीतिक सन्देश हो भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने देखिन्छ। तर, यसले बालेन–रवि सहमतिपछि शक्ति सन्तुलन र नेतृत्वको बहसलाई थप रोचक बनाएको छ।








Seubetlogin? Yeah, I’ve used it. Quick login, which is a lifesaver when you just wanna jump straight into the action. No messing around, just straight to the games! Give seubetlogin a try.
Finding a reliable link to 12bet can be a pain, but linkvao12bet seems legit. Easy access, no issues so far. Give it a shot! Check it out: linkvao12bet