देशका विभिन्न स्थानमा सवारी दुर्घटना: तीन जनाको मृत्यु, पाँच जना घाइते
354 पटक पढिएको
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मनहरी गाउँपालिका–३ का ७० वर्षीय रघुनाथ पौडेलको उपचारका क्रममा शनिबार राति नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय विजय घलान र पछाडि सवार १८ वर्षीय रोशन गोले घाइते भएका छन्। उनीहरूको चुरेहिल अस्पतालमा उपचार गरिएको छ।
यसैगरी, मकवानपुरगढी गाउँपालिका–६ भालुखोलामा मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खोल्सामा खस्दा चालक ३१ वर्षीय बुद्ध लामा र पछाडि सवार २५ वर्षीय देवेन्द्र बोम्जन घाइते भएका छन्। लामाको पुरानो मेडिकल कलेज, भरतपुर र बोम्जनको सञ्चो अस्पताल, हेटौँडामा उपचार भइरहेको छ।
त्यस्तै, मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौँडा–१६ सिपाली चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा–१७ का ४२ वर्षीय मानबहादुर मानन्धर घाइते भएका छन्। दुर्घटनापछि फरार रहेका टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता, कैलालीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
आइतबार बिहान गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको बसले ठक्कर दिँदा जानकी गाउँपालिका–२ की ८२ वर्षीया तारादेवी पाठक गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा नवजीवन अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसैबीच, सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
हरिपुर्वा नगरपालिका–६ मा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको उपचारका क्रममा प्रादेशिक अस्पताल, मलंगवामा मृत्यु भएको हो। दुर्घटनापछि ट्याक्टर पल्टिएको र चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।








Brabetentrar, the site’s pretty easy to navigate. If you are looking for fun gambling: brabetentrar
655bet1, eh? Never heard of it before. Guess I’ll give it a whirl and see what’s what. Fingers crossed for some wins! 655bet1
Trying to get my bjbaji login sorted. Fingers crossed I can remember the password! I can vouch for the fun, you should visit: bjbajilogin
https://shorturl.fm/1pk4D