धादिङमा रास्वपाको संगठन अभियान तीव्र, स्थानीय तहमा व्यापक भेला

338 पटक पढिएको

२० पुष २०८२, आईतवार ०८:११ सम्पादक: धादिङ न्यूज

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ जिल्लामा आक्रामक ढंगले संगठन विस्तारलाई तीव्र बनाएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानीय तह तथा वडास्तरमा भेला आयोजना गर्दै पार्टी कार्यालय स्थापना गर्ने कार्यलाई अभियानकै रूपमा अघि बढाइएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रास्वपाले संगठन विस्तारलाई प्राथमिकता दिएको हो।

यसैक्रममा जिल्लाको सिद्धलेक, गजुरी, ज्वालामुखी,त्रिपुरासुन्दरी,वेनिघाटरोराङ, गल्छी,नीलकण्ठ, धुनिबेसी, थांक्रे लगायतका स्थानीय तहका विभिन्न वडामा भेला सम्पन्न गरिएको रअभियानलाई जिल्लाको सबै वडामा लगिने सो जनाएको छ।

पार्टीका अनुसार स्थानीय तहसम्म संगठन सुदृढ गर्दै आम नागरिकसँग प्रत्यक्ष संवाद बढाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो। आगामी दिनमा जिल्लाका अन्य स्थानीय तह तथा वडामा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।