धादिङमा निर्वाचनका लागि साढे दुई हजार कर्मचारी परिचालन हुँदै

427 पटक पढिएको

१५ माघ २०८२, बिहीबार ०८:३३ सम्पादक: धादिङ न्यूज

धादिङ १५ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङमा करिब दुई हजार ५०० भन्दा बढी कर्मचारी परिचालन हुने भएका छन्।  निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्यलाई अन्तिम रूप दिँदै गरेको जनाएको छ।

जिल्ला निर्वाचन अधिकारीका अनुसार सरकारी सेवाका स्थायी कर्मचारीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको रूपमा खटाइनेछ। कर्मचारी अपुग भएमा जिल्लास्थित सार्वजनिक संस्थान र शिक्षण संस्थाका शिक्षकहरूलाई परिचालन गरिने योजना रहेको छ।

यसैगरी, जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचनमा करिब दुई हजार ६०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ। जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी समावेश हुनेछन्।निर्वाचनको सुरक्षामा नेपाली सेना पनि खटाईने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनु भयो ।

धादिङमा हालको तथ्याङ्क अनुसार करिब दुई लाख ७५ हजाार २ सय ८० मतदाता कायम रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १३ पालिकामध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी र रुबीभ्याली गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन्।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको धादिङको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ।