धादिङमा २ लाख ७५ हजार मतदाता र ३१० मतदान केन्द्र
416 पटक पढिएको
धादिङ-धादिङ जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको अन्तिम मतदाता नामावली र मतदान केन्द्रको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको कुल संख्या २ लाख ७५ हजार २८० पुगेको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदान स्थल र मतदान केन्द्र निर्धारणको कार्य समेत सम्पन्न भइसकेको छ।
धादिङ जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् जसमा क्षेत्र नं १ मा १ लाख ३६ हजार ६८६ र क्षेत्र नं २ मा १ लाख ३८ हजार ५९४ मतदाता रहेका छन्। क्षेत्र नं १ अन्तर्गत ६ वटा स्थानीय तह समेटिएका छन्। जसमध्ये थाक्रे गाउँपालिकामा सबैभन्दा धेरै २७ हजार ७२५ मतदाता र ३० वटा मतदान केन्द्र तोकिएका छन्। त्यस्तै धुनीबेंशी नगरपालिकामा २६ हजार ७०६ मतदाताका लागि ३० वटा केन्द्र, गल्छी गाउँपालिकामा २१ हजार ३३२ मतदाताका लागि २३ केन्द्र र बेनीघाट रोराङ गाउँपालिकामा २१ हजार २६१ मतदाताका लागि २४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। सिद्दलेख गाउँपालिकामा २० हजार ६७३ मतदाता र २४ केन्द्र रहेका छन् भने गजुरी गाउँपालिकामा १८ हजार ९८९ मतदाताका लागि २१ वटा मतदान केन्द्र तोकिएको छ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत ७ वटा स्थानीय तह रहेका छन्। यस क्षेत्रमा जिल्लाकै सबैभन्दा धेरै मतदाता भएको नीलकण्ठ नगरपालिका पर्दछ जहाँ ४५ हजार ३१६ मतदाताका लागि ४८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यसैगरी ज्वालामुखी गाउँपालिकामा २२ हजार ४९३ मतदाता र २४ केन्द्र, त्रिपुरासुन्दरी गाउँपालिकामा २० हजार ७२० मतदाता र २४ केन्द्र तथा गंगाजमुना गाउँपालिकामा १८ हजार ६०१ मतदाता र २१ वटा मतदान केन्द्र रहेका छन्। तुलनात्मक रूपमा कम मतदाता रहेका क्षेत्रहरूमा नेत्रावती डबजोङ गाउँपालिकामा १२ हजार १८८ मतदाता र १४ केन्द्र, खनियाबास गाउँपालिकामा १० हजार ००४ मतदाता र १२ केन्द्र तथा रुबीभ्याली गाउँपालिकामा ९ हजार २७२ मतदाता र १५ वटा मतदान केन्द्र तोकिएको छ।
समग्र जिल्लाभर ११४ मतदान स्थल र ३१० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताको चाप र भौगोलिक संवेदनशीलतालाई ध्यान दिँदै केही स्थानमा केन्द्रहरू थपघट गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था, कर्मचारी परिचालन र मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइने कार्यालयले जानकारी दिएको छ।








Alright, HH88bet seems alright. Gave it a run and had a decent experience. Could be worth a punt for some extra excitement. Worth a peek: hh88bet
Alright gamers, DK11gameapk is where it’s at if you’re looking to amp up your mobile gaming. Installation was a piece of cake, and the action is top-notch. Get in the game: dk11gameapk
Alright, mates! Gave 10betapp a whirl and it’s not bad at all. Easy to navigate even after a few pints, haha! Give it a go: 10betapp
Daga8bet is the new kid on the block that everyone’s talking about. Heard the odds are good, might wanna check it out if you wanna win some seriour cash!: daga8bet
Heard about da88? Gotta try it out, man. Seems like everyone’s been winning lately! Check it out here: da88
Peso63login, eh? Sounds promising! Trying to find a reliable place to log in and have some fun. Going to give it shot. Learn more here: peso63login
Alright alright, 666betapp666, you got my attention. I’ve been seeing you around. Gonna give a spin and see what’s what. Fingers crossed for some luck! Check it out here: 666betapp666
Quang88bet is one I’ve been checking out for a bit. The selection of games is solid, lots to choose from. Support was responsive when I had an issue. Thumbs up from me! Have a gander: quang88bet