पेट्रोलियम पदार्थको मूल्य वृद्धि: पेट्रोलमा १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो
398 पटक पढिएको
काठमाडौँ, ३ फागुन ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य बढेर आएको भन्दै मूल्य समायोजन गर्ने निर्णय गरेको हो । निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ ।
मूल्य वृद्धि भएसँगै अब काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । आईओसीले प्रत्येक १५-१५ दिनमा पठाउने नयाँ मूल्यसूचीमा इन्धनको दर बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
निगमले ढुवानी खर्चको आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी मूल्य तोकेको छ । जसअनुसार पहिलो वर्ग अन्तर्गत पर्ने तराईका जिल्लाहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेलको १४२ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल १६२ रुपैयाँ र डिजेल १४४ रुपैयाँ पुगेको छ । पेट्रोल र डिजेलको मूल्य बढे तापनि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यस पटक कुनै हेरफेर गरिएको छैन ।








The fuel price adjustment mechanism Nepal follows mirrors automated systems we see in tech platforms. Just as price algorithms need efficient architecture, Nepal’s automated pricing system responds to IOC rate changes within 15-day cycles. This systematic approach, similar to how nano bot optimizes workflows, ensures market responsiveness while maintaining structured regional pricing tiers across the country’s transportation zones.
The fuel price adjustments in Nepal reflect the challenge of managing energy costs in landlocked economies dependent on imports. With digital platforms becoming essential for daily expenses, tracking such economic changes becomes crucial. Just as I’ve seen players in the gaming industry adapt to regional economic conditions, using tools like the legend link app helps manage entertainment budgets efficiently during inflationary periods.
Start earning on autopilot—become our affiliate partner!