प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा, सबै जिल्लामा पुगे निर्वाचन सामग्री
295 पटक पढिएको
काठमाडौँ, १६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका तथा अन्य सम्पूर्ण निर्वाचन सामग्रीहरू देशका सबै जिल्लामा पुर्याइसकिएको जानकारी दिएको हो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन आवश्यक व्यवस्थापकीय कार्यहरू सम्पन्न भइसकेका छन्।
निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा सञ्चालन भइरहेको छ। स्वयंसेवकहरू परिचालन गरी गत फागुन ३ गतेदेखि सुरु भएको यो कार्यक्रम फागुन १७ गतेसम्म जारी रहने आयोगले जनाएको छ। यस्तै, मतदान प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू पनि आ–आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्ने क्रम सुरु भएको छ।
आयोगले मतदान केन्द्रका रूपमा तोकिएका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचनाहरू मतदान कार्यका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहहरूलाई यसअघि नै अनुरोध गरिसकेको छ। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन, र मतदान प्रक्रियामा समन्वय तथा व्यवस्थापनका क्षेत्रमा आवश्यक पर्ने सबै महत्त्वपूर्ण निर्णयहरू आयोगबाट भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।








It’s fascinating how easily accessible online gaming has become – even with localized options like those at Big Bunny. Quick deposits (GCash is great!) & verification are key for trust. Check out big bunny download apk for a smooth experience! It’s about responsible fun, right?
Tap into a new revenue stream—become an affiliate partner!
Sign up and turn your connections into cash—join our affiliate program!
Earn passive income on autopilot—become our affiliate!
Monetize your traffic with our affiliate program—sign up now!
Monetize your influence—become an affiliate today!