त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु, विदेशी टोलीसहित रोमाञ्चक प्रतिस्पर्धा
416 पटक पढिएको
चितवन, २६ फागुन।नेपालका हिमाली नदीमा आधारित साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिशूली नदीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ।
२४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीले त्रिशूलीको तीव्र धारामा आफ्नो साहस र सीप प्रदर्शन गरिरहेका छन्।
महोत्सवको पहिलो दिन ३०० मिटरको कायक स्प्रिन्ट प्रतियोगितामा ५१ जना प्याडलर र राफ्ट स्प्रिन्टमा १० टोली सहभागी भएका छन्। बुधबार कायक क्रस (३०० मिटर) तथा १० किलोमिटरको राफ्ट म्यान्डेटरी प्रतिस्पर्धा आयोजना हुनेछ। प्रारम्भिक चरणबाट छनोट भएका ३२ खेलाडीले त्यसमा प्रतिस्पर्धा गर्नेछन्।
अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस हुने छ, जसमा १३ टोली सहभागी हुनेछन्। प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन्।
प्रतियोगितामा भारत र इजरायलका टोलीसहित विदेशी खेलाडीहरूको सहभागिता रहेको छ। खेलाडीहरूको समय मापन गर्न टाइम–चिप प्रणाली प्रयोग गरिएको आयोजकले जनाएको छ।
नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार यस वर्षको महोत्सव ‘सिल्भर जुबिली’का रूपमा मनाइँदैछ। उनले यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई विभिन्न विधामा १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै समापन समारोहमा नेपालमा राफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसन* लाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।








Turn your traffic into cash—join our affiliate program!
Looking for horse racing tips? Nesine offers some pretty good predictions. Helped me win a few times! nesine at yarışı tahminleri
Matbet, huh? I’ve seen the name around. Time to check it out and see what all the fuss is about. Hope the odds are good at matbet!
Looking for some tips on the horses? Nesine at yarışı tahmini might be just what I need! Fingers crossed for a win. nesine at yarışı tahmini – hoping for some winners!
Refer friends, earn cash—sign up now!