आजको मौसम पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
260 पटक पढिएको
धादिङ, ६ चैत २०८२- नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भेगमा आंशिक बदली देखिए पनि बाँकी स्थानहरूको मौसम भने सामान्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने पूर्वामानुमान छ। यस क्रममा कर्णाली र सुदूरपश्चिमका धेरैजसो स्थानहरू, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ।
त्यस्तै, आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानहरूमा वर्षा र हिमपातको क्रम जारी रहने तथा अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।








Weather forecasting in Nepal’s diverse terrain requires sophisticated data analysis and real-time monitoring systems. Much like how players rely on data when choosing a phlboss slot game, meteorologists use multiple variables to predict Himalayan weather patterns accurately.