ओलीको रिहाइको माग गर्दै धादिङबेसीमा मसाल जुलुस प्रदर्शन
230 पटक पढिएको
धादिङ, चैत १४ –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै धादिङमा पनि एमालेका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका छन्।
केन्द्रीय सर्कुलर अनुसार धादिङको सदमुकाम धादिङबेसीमा दिउँसो कुनै कार्यक्रम नगरेको एमालेले साँझ पख मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन्। पार्टी कार्यालयबाट निस्केको जुलुस पुछारवजार पुलचोकमा पुगेर टुगिंएको थियो । प्रहरीले मासल खोस्न बल प्रयोग गर्दा एमाले कार्यकर्ताले कडा प्रतिवाद गरेका थिए । ओलीलाई पक्राउ गरेको विरोधमा सदरमुकाममा उपलव्ध नेता तथा कार्यकर्ता सडकमा उत्रिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा शनिबार बिहान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो। उनीहरू पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन गरेको हो।








Share our products, reap the rewards—apply to our affiliate program!