पूर्वमन्त्री दीपक खड्का पक्राउ, स्काउटको जग्गा विवाद र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

194 पटक पढिएको

१५ चैत्र २०८२, आईतवार १०:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

नेता खड्का विशेषगरी लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएका छन्। यसअघि ‘जेन्जी’ आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा घरबाट पैसा उडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियो र उनीसँग भएको स्रोत नखुलेको सम्पत्तिका बारेमा लामो समयदेखि अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ।

स्काउटको जमिन भाडामा लिएर व्यापारिक प्रयोजनमा लगाएको र राज्यलाई क्षति पुर्‍याएको आरोप उनीमाथि छ। अहिले उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।