धादिङका एमाले नेता त्रिपाठीद्वारा पार्टी परित्यागको घोषणा
329 पटक पढिएको
धादिङ। नेकपा एमालेका धादिङका नेता राजकुमार त्रिपाठीले पार्टीबाट अलग हुने घोषणा गरेका छन्। नेता त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन्। विगत लामो समयदेखि एमालेमा सक्रिय त्रिपाठीले पार्टी परित्यागको निर्णय लिनुका पछाडि विभिन्न असन्तुष्टि र कारणहरु औंल्याएका छन्।
उनले फेसबुक स्टाटसमा लेखेका छन् -नेकपा एमालेमा पछिल्लो समयमा नातावाद, कृपावाद र भ्रष्ट प्रवृत्ति हाबी भएको छ। इमान्दार र निष्ठावान कार्यकर्ताको भावना र योगदानको कदर हुन छाडेको त्रिपाठीको आरोप छ। पार्टीमा कार्यकर्ताहरुको सल्लाह, सुझाव र भावनाको उचित सुनुवाइ नभएको र निर्णय प्रक्रियामा केही सीमित व्यक्तिहरुको मात्र पहुँच रहेको प्रति उनले कडा असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तै, सरकारमा हुँदा र नहुँदा पनि पार्टीभित्र आन्तरिक भागबण्डा र शक्ति संघर्षका कारण पार्टी कमजोर भएको र यसले जनताका मुद्दाहरु ओझेलमा परेको उनको ठहर छ। पार्टीमा युवा पुस्तालाई उचित अवसर र जिम्मेवारी नदिएको र पुरानो पुस्ताले नै शक्ति ओगटेको प्रति पनि उनको असन्तुष्टि देखिएको छ।
फेसबुक स्टाटसमा त्रिपाठीले आफू सधैं निष्ठा र इमान्दारिताको राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रा सधैं देश र जनताको सेवामा समर्पित रहने बताएका छन्। उनले एमालेमा यो मूल्य र मान्यता पाउन नसकेको र पार्टीभित्र मौलाएको नातावाद तथा भ्रष्ट प्रवृत्तिसँग सम्झौता गर्न नसकेकाले पार्टी परित्यागको निर्णय लिएको स्पष्ट पारेका छन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हित सधैं माथि राख्ने प्रयास गर्दागर्दै पनि एमालेमा रहँदा त्यो सम्भव नभएको उनको भनाइ छ। त्रिपाठीले लामो समयसम्म आफूलाई साथ र सहयोग गर्ने सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक र धादिङवासीलाई धन्यवाद दिँदै आफूबाट कुनै कमजोरी भएको भए क्षमायाचना समेत गरेका छन्।
त्रिपाठीले आगामी दिनमा पनि देश र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी राजनीतिक यात्रा राष्ट्रहितमा काम गर्ने अग्रगामी शक्तिसँग जोडिने संकेत गरेका छन्। यद्यपि उनले तत्काल कुन पार्टीमा प्रवेश गर्ने भन्नेबारे केही खुलाएका छैनन्। धादिङमा एमाले छाड्ने क्रम यो मात्र होइन, केही दिन अघि मात्रै पर्यटन व्यवसायी ध्रुव अधिकारी पनि एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। त्रिपाठीको यो निर्णयले धादिङमा एमाले पार्टीभित्रको आन्तरिक कलह र असन्तुष्टिलाई थप सतहमा ल्याइदिएको छ।








Refer and earn up to 50% commission—join now!
Promote our brand and watch your income grow—join today!
Yo, checked out the wow888 app. Not bad, pretty smooth. Def gonna give it a proper go later. Hit it up wow888 app.
Heard about 92 lotery from a friend, gave it a shot and wow, it’s actually pretty fun and easy to use. Definitely worth checking out for a quick and exciting gamble 92 lotery