प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै, अर्थमन्त्रीले जवाफ दिने कार्यसूची
181 पटक पढिएको
काठमाडौँ – संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा जारी छलफललाई अगाडि बढाउने कार्यसूची रहेको छ।
आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरु हुनेछ भने दिउँसो १:१५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। दुवै सदनको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएका छलफलहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ।







