नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने, यस वर्ष औसतभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान
181 पटक पढिएको
काठमाडौँ: नेपालमा यस वर्षको मनसुन भित्रिन अझै करिब एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुन दक्षिण भारतको केरल र तमिलनाडुमा आइपुगेको छ र त्यहाँबाट बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्न एक हप्ता आसपासको समय लाग्ने अनुमान गरिएको छ।
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने औसत मिति भए पनि यसपालि भारतमा नै मनसुन केही ढिला गरी भित्रिएकाले नेपालमा पनि निर्धारित मितिभन्दा केही दिन ढिलो हुने मौसमविद् पौडेलले जानकारी दिए। मनसुन भित्रिने गति र समय वायुमण्डलीय प्रणाली कति सक्रिय हुन्छ भन्ने कुराले निर्धारण गर्ने भएकाले यकिन मिति तोक्न नसकिए पनि आगामी तीन-चार दिनमा मनसुन बङ्गालको खाडीमा पुग्ने देखिन्छ।
मौसमविद्हरूका अनुसार यसपालिको मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आँकलन गरिएको छ भने केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको सम्भावना समेत रहेको छ। मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति र जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक पूर्वतयारी सुरु गरिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट देशैभरका करिब ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। सोही अनुमानित विवरणका आधारमा सम्भावित जोखिम न्यूनीकरण र उद्धारका लागि सरकारले ‘प्रतिकार्य राष्ट्रिय योजना’ बनाएर लागू गरिसकेको छ।








The platform’s focus on local payment methods is a huge plus for Bangladeshi users. For deeper insights into gaming mechanics, check out 333 squid game app ডাউনলোড apk; it streamlines the whole experience!
https://shorturl.fm/fEJcX
https://shorturl.fm/KvP5d
https://shorturl.fm/S7tXe