पशुपति मन्दिर परिसरमा युवापुस्तामाझ भजन, संस्कार र आध्यात्मिक चेतनाको लोभलाग्दो लहर
257 पटक पढिएको
धादिङ । प्रत्येक हप्ताको शनिबार साँझको ५ बज्न नपाउँदै धादिङबेसीको पशुपति मन्दिर परिसरमा एउटा सुन्दर दृश्य देखिन थाल्छ। आधुनिक कपडामा सजिएका, तर घाँटीमा रुद्राक्षको माला र काँधमा ‘हरेराम’ लेखिएको सल ओढेका युवाहरू थरीथरीका बाजागाजासहित मन्दिरमा भेला हुन्छन्। उनीहरू भुइँमा म्याट ओछ्याएर खैजडी, मादल र मुजुराको तालमा मज्जाले भजन गाउन र झुम्न थाल्छन्। “मुखमा राम हातमा काम, वैकुण्ठको बाटो, धर्म होला ओठमा लिए, हरि अरु साटो…” भन्दै युवाहरूले गाएको भजनले मन्दिर वरपरको वातावरण नै संगीतमय र पवित्र बनाउँछ।
यो परिवर्तन केवल धादिङबेसीमा मात्र होइन, अचेल नेपालभरिका युवाहरूमाझ एउटा नयाँ र सकारात्मक लहरका रूपमा फैलिरहेको छ।
अहिले हाम्रो समाज निकै तीव्र गतिमा बदलिरहेको छ। प्रविधिको विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र आधुनिक जीवनशैलीका कारण मानिसहरू बाहिरी रूपमा त आधुनिक बनेका छन्, तर भित्रभित्रै उनीहरू आफ्नो संस्कार, संस्कृति र पुराना मूल्य-मान्यताहरू बिर्सँदै गइरहेका छन्।
विशेषगरी आजको युवापुस्तामा देखिने एक्लोपन, सामाजिक सञ्जालको लत, परिवारसँगको दूरी र निराशाले धेरैलाई चिन्तित बनाइरहेका बेला ‘MRR’ नामको एउटा अभियानले साँस्कृतिक जागरणमा नयाँ पन ल्याएको हो ।
२०८३ वैशाख ५ गतेबाट औपचारिक रूपमा सुरु भएको यो अभियान अहिले धादिङका साथै बुटवल, चितवन, पोखरा लगायत देशका धेरै जिल्लाहरूमा फैलिएको छ । फेसबुकको एउटा सामान्य ग्रुपबाट सुरु भएको यो यात्रा आज युवाहरूलाई आफ्नो संस्कृति र राम्रो संस्कार सिकाउने एउटा ठूलो माध्यम बनेको छ।
इन्टरनेट र सामाजिक सञ्जालमा अचेल धेरैजसो नकारात्मक र नराम्रा कुराहरू भाइरल भइरहेका बेला, MRR ले युवाहरूलाई सहि बाटो देखाउन त्यही प्रविधिलाई प्रयोग गर्यो। अनलाइनमा सुरु भएको सकारात्मक कुराकानी र आत्म-अनुशासनको बहस बिस्तारै गाउँ-सहरका मन्दिरहरूमा भजन, सत्सङ्ग र सामाजिक कामको रूपमा देखिन थालेको हो।
यो अभियानको सबैभन्दा राम्रो पक्ष नै यसमा युवाहरूको ठूलो सहभागिता हुनु हो। हाम्रो समाजमा ‘आधुनिक पुस्ता धर्म-कर्ममा लाग्दैनन्’ भन्ने एउटा सोचाइ छ, तर यो अभियानले त्यसलाई गलत साबित गरिदिएको छ।
उच्च शिक्षा पढ्दै गरेका, विभिन्न पेशा र व्यवसायमा लागेका आधुनिक युवाहरू स्वस्फूर्त रूपमा मन्दिरमा आएर भजन गाउने, आध्यात्मिक कुराहरू सुन्ने र आफ्नो जीवनलाई कसरी असल बनाउने भनेर छलफल गरिरहेका भेटिन्छन्। यो केवल पूजापाठ मात्र होइन, युवाहरूले आफ्नो पहिचान र संस्कृतिलाई फेरि नजिकबाट चिन्न खोजेको एउटा प्रयास पनि भएको साहित्यकार डा. नविन बन्धु पहाडीको बुझाई छ ।
यो अभियानमा कोही पनि कुनै राजनीतिक फाइदा वा पैसाका लागि आएका होइनन्। युवाहरू आफैँ उत्प्रेरित भएर यसमा जोडिएका छन् र अरूलाई पनि राम्रो काम गर्न हौसला दिइरहेका छन्। यसले मानिसलाई केवल पैसा कमाएर सफल हुन मात्र होइन, परिवारलाई सम्मान गर्ने र समाजप्रति जिम्मेवार बन्ने एउटा असल मानिस हुन सिकाइरहेको अभियानका सदस्य मनिष दुवाडी बताउनहुन्छ ।
नेपाल हजारौँ वर्ष पुरानो वैदिक सभ्यता र संस्कृतिको धनी देश हो। तर पश्चिमा जीवनशैलीको देखासिखी गर्दा धेरै युवाहरू आफ्नो जगबाट टाढा भइसकेका थिए। यस्तो अवस्थामा उत्तम बराल जस्ता मार्गदर्शकहरूले युवाहरूलाई उनीहरूकै आधुनिक भाषामा संस्कार र जीवन जिउने कला सिकाइरहनुभएको छ। यहाँ धर्मलाई अन्धविश्वासका रूपमा होइन, जीवनलाई सुखी र शान्त बनाउने विज्ञानका रूपमा बुझाउन लागि परेको साहित्यकार डा. पहाडीको भनाई छ ।
डा. पहाडीका अनुसार संसारभरि नै मानिसहरू मानसिक तनाव र नैतिक संकटबाट गुज्रिरहेका छन्। नेपालमा पनि परिवारहरू छुट्टिँदै जाने र युवाहरू कुलतमा फस्ने जस्ता समस्या बढ्दो छ। यस्तो बेला MRR अभियानले युवाहरूलाई अधिकारभन्दा पहिले आफ्नो कर्तव्य सम्झन र भोगविलासभन्दा पहिले मानसिक शान्तिलाई जोड दिन सिकाइरहेको छ।
त्यसैले, यो केवल एउका फेसबुक ग्रुप वा भजन गाउने टोली मात्र होइन, यो त नेपाली समाजमा युवाहरूको नेतृत्वमा भइरहेको एउटा सुन्दर सांस्कृतिक पुनर्जागरण हो। जब युवाहरू आफैँ आफ्नो संस्कारमा गर्व गर्न थाल्छन्, तब समाजको भविष्य पक्कै पनि उज्यालो हुने डा. पहाडी बताउनुहुन्छ ।








Such a fresh take on the gaming experience. The bonuses are generous and the community is great. Definitely spend some time on ecplaypix.
The graphics are amazing and the gameplay is super addictive. It’s my new favorite spot to unwind after work. Love mmpanda99!
Super impressed with the variety of games here. It feels very local and the community is great. I am spending way too much time on phokada these days!
Anyone got the slotvip link? Oh, here it is! The link gets you right where you need to be. Enjoy! slotvip link
Just signed up for 92lottery. The registration process was super easy! Check it out at : cách đăng ký 92lottery
Looking for ‘bong đá net’? This site delivers! Easy to use and packed with info. No time wasted! Check it out ASAP: bong đá net
https://shorturl.fm/KqQnE
https://shorturl.fm/zg9cP
https://shorturl.fm/m76be