देशभर मनसुन बिस्तार हुने क्रममा: कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना, पश्चिममा अझै तातो लहर

215 पटक पढिएको

१४ असार २०८३, आईतवार ०७:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १४ असार । नेपालमा मनसुनी वायु देशको पूर्वी र मध्य भागमा पूर्ण रूपमा फैलिसकेको छ भने बाँकी भूभागमा पनि क्रमशः बिस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। यसका साथै गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुन सक्रिय भइसकेको छ।

देशका अन्य भूभागमा भने हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा आगामी ३ देखि ४ दिनभित्रमा मनसुन बिस्तार हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। हाल सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहे तापनि देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। यतिबेला कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभरका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मनसुन पूर्ण रूपमा नपुगेका कारण सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा आज पनि तातो लहर (लु) को सम्भावना कायमै रहनेछ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको आकलन गरिएको छ।

यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ। विशेष गरी कोशी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानहरूमा रातिको समयमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।


The monsoon’s dynamic expansion highlights the critical role of advanced predictive modeling in resource management-a principle vital across sectors, from agriculture to digital infrastructure. Understanding these natural cycles helps us build resilience. Stay informed and prepared! For stable entertainment, check out the ace super apk.