तराईमा मनसुन सुस्ताउँदै, पहाड र हिमाली क्षेत्रमा पहिरोको जोखिम कायमै!
123 पटक पढिएको
धादिङ। नेपालमा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ सरेकाले आगामी केही दिन तराईका भू-भागमा मनसुन निष्कृय जस्तै रहने देखिएको छ। तराईमा ठूलो र लगातारको वर्षाको सम्भावना कम भए पनि पहाडी तथा उच्च हिमाली क्षेत्रहरूमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार न्यून चापीय रेखा दक्षिण सरेकाले देशभर एकैपटक भारी वर्षा हुने सम्भावना घटेको छ। तर यसअघि नै निरन्तर वर्षा भइरहेका पहाडी र हिमाली क्षेत्रका ठाउँ-ठाउँमा भने हल्कादेखि मध्यम र एक-दुई स्थानमा भारी वर्षाको नजिक पुग्ने गरी पानी पर्न सक्ने उहाँले बताउनुभयो।
अघिल्ला दिनहरूको वर्षाले जमिन भिजिसकेकाले पहाडी भू-भागमा खहरे खोलामा अचानक बाढी आउने र साना-ठूला पहिरो खस्ने जोखिम उच्च रहने चेतावनी विज्ञहरूले दिएका छन्। त्यसैले तराईमा मौसम केही सुस्ताए पनि पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।








https://shorturl.fm/RrSsn