पार्टी फुटको संघारमा पुगेको भन्दै देउवा पक्षले बोलायो साउन २९ मा राष्ट्रिय भेला

135 पटक पढिएको

७ श्रावण २०८३, बिहीबार ०६:५२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ।

बुधबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत देउवा पक्षले उक्त भेलाको घोषणा गरेको हो। भेलामार्फत पार्टीको आगामी रणनीति र भावी कार्यदिशा तय गरिने जानकारी कांग्रेस नेता प्रकाशमान सिंहले दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले विशेष महाधिवेशनका कारण पार्टी अहिले गम्भीर विभाजनको मोडमा पुगेको टिप्पणी गरे। उनले पार्टीलाई फुटबाट जोगाउँदै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा आफ्नो पक्ष दृढ रहेको बताए।

उक्त कार्यक्रममा बोल्ने अधिकांश देउवा पक्षीय नेताहरूले पार्टी एकता जोगाउनका लागि सभापति गगन थापालाई गम्भीर बन्न आग्रह गरेका थिए। वर्तमान सभापति थापासहितको टोलीले पार्टी एकता कायम राख्न नचाहेको आरोप लगाउँदै उनीहरूले अहिलेकै स्थितिमा एकताको सम्भावना भने निकै कमजोर बन्दै गएको दाबी गरेका छन्। पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला साउन २९ को राष्ट्रिय भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।


Interesting article! Thinking about strategy & variance is key in any game. Seeing platforms like 747live link offer legit options is good – secure verification is a must for peace of mind when chasing those big wins!