ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा धादिङमा २५ हजार राशिको ‘मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान’ स्थापना
155 पटक पढिएको
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले धादिङका क्रियाशील पत्रकारलाई लक्षित गरी २५ हजार रुपैयाँ राशिको ‘मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान’ स्थापना गरेको छ।
धादिङ जिल्लाको पहिलो हाईस्कूल (आदर्श माध्यमिक विद्यालय) स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याउनुभएका गजुरी निवासी दिवंगत शिक्षासेवी मदनदास श्रेष्ठको स्मृतिमा उहाँका सुपुत्र एवं प्रतिष्ठानका कार्यसमिति सदस्य ई. अर्जुनकुमार श्रेष्ठले सो सम्मानको स्थापना गर्नुभएको हो। यो सम्मान प्रत्येक वर्ष धादिङ जिल्लामा पत्रपत्रिका, अनलाइन, रेडियो, एफएम तथा टेलिभिजन क्षेत्रमा कार्यरत एकजना उत्कृष्ट क्रियाशील पत्रकारलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
धादिङको पहिलो हाईस्कूल आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू तथा शिक्षासेवीहरूद्वारा २०८१ मङ्सिर ४ गते स्थापित यस ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले स्थापनाको छोटो समयमै सामाजिक, शैक्षिक र साहित्यिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। प्रतिष्ठानले पत्रकारिता सम्मानका साथै राष्ट्रियस्तरको ५१ हजार रुपैयाँ राशिको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार’ तथा जिल्लास्तरमा २५ हजार राशिका आदर्श शिक्षक, आदर्श शिक्षासेवी, टंकप्रसाद-देवकी खतिवडा समाजसेवा, मुक्तिनाथ अधिकारी शिक्षासेवा तथा समाजसेवा, र लक्ष्मणदास श्रेष्ठ उत्कृष्ट युवा सम्मानको घोषणा गरेको छ। त्यसैगरी, १५ हजार राशिको दुर्गा साहित्य पुरस्कारका साथै विद्यालयस्तरका उत्कृष्ट विद्यार्थी, उत्कृष्ट छात्रा र जीवनारायण कँडेल स्मृति छात्रवृत्तिका लागि जनही १० हजार रुपैयाँ राशिका पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ।








Very stable platform and the updates are frequent which is great. Everything works exactly as it should. You should try ecbt365 if you want quality service.
Great platform with very competitive odds. The registration process was quick and I started playing in no time. Highly suggest vn11betmen for anyone looking for a reliable site.
I had a great run here last night! The payouts feel fair and the site layout is very intuitive. If you are looking for a place to test your luck, this is it. cohoki108gacor
https://shorturl.fm/4rqia