गल्छीका युवा संगीतकार रामकुमार रिमालको नयाँ आध्यात्मिक भजन “दिन रातैमा” सार्वजनिक
178 पटक पढिएको
धादिङ- धादिङ गल्छीका बासिन्दा तथा चर्चित युवा गायक एवं संगीतकार रामकुमार रिमालको नयाँ लोक भजन “दिन रातैमा” सार्वजनिक भएको छ। भक्ति, आस्था र आध्यात्मिक चेतनालाई सशक्त रूपमा समेटेर तयार पारिएको उक्त भजन हालै बजारमा ल्याइएको हो।
नेपाली सुगम संगीत तथा आधुनिक गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका रिमालकै शब्द, संगीत र सुमधुर स्वरमा सजिएको यस भजनमा सह-गायकका रूपमा विक्रम लामिछाने र रबिन गुरुङ तथा सह-गायिकाका रूपमा सिर्जना मल्ल ठकुरी र उर्मिला ठकुरीले साथ दिएका छन्। काठमाडौँको सामाखुसीस्थित गलबन्दी रोधीघर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस भजनमा प्रदीप अधिकारी र प्रबिन मगरको मादल, राम सुस्लिङ मगरको ढोलक, दिनेशको बाँसुरी, रसिक अङ्गद कार्कीको किबोर्ड तथा श्याम बीसीको प्याड संयोजन रहेको छ।
यसअघि आफ्नै शब्द, संगीत र स्वरमा रहेको चर्चित आधुनिक गीत “मेरो नजिक” को उत्कृष्ट म्युजिक भिडियोका साथै “फ्यान्टा कोकैमा” र “पराईकी रानी” जस्ता लोकप्रिय सिर्जनामार्फत दर्शक तथा श्रोताको मन जित्न सफल भएका रिमाल आफ्ना नयाँ सांगीतिक प्रस्तुतिहरूमार्फत निरन्तर चर्चामा रहँदै आएका छन्। अर्जुन पोखरेल र रूपक गिरीप्रति विशेष आभार प्रकट गरिएको यस भजनको अडियो मिक्सिङ तथा रेकर्डिङ प्रेम अर्यालले गरेका हुन् भने क्यामेरामा प्रेम अर्याल र दिपु रिजाल तथा सम्पादन र ग्राफिक डिजाइनमा साजन कुँवर (निरजन) रहेका छन्।
सरल एवं भावुक शब्द चयन, मन छुने संगीत संयोजन र प्रभावकारी गायकीका कारण सार्वजनिक हुनासाथ भजनले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। गायक रिमालले आफ्नै नयाँ युट्युब च्यानल ‘आरके क्रिएसन अफिसियल’ मार्फत यस भजनको भिडियो सार्वजनिक गरेका हुन्। निर्माण पक्षले लाइभ बजारमा रमाइला लोक भजन गीतहरू सुन्न र हेर्नका लागि युट्युब च्यानललाई सब्सक्राइब गर्नुका साथै भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर प्रतिक्रिया दिन हार्दिक अनुरोध गरेको छ।








If you are looking for a secure way to play your favorite games then this is it. Everything feels safe and the support team is very helpful. Give jilibet178login a try.
Such a fun gaming experience. I love how they keep updating the games. If you are looking for action, ph200jili is the way to go.
Hmm, গেমের ম্যাথিক্সগুলো বুঝতে গেলে মনে হয়, শুধু গেমের ধরন নয়, বকেয়া পেমেন্ট সিস্টেমের লজিকটাও জরুরি। আপনার সাইটটা দেখে মনে হলো, 9999 game ভিআইপি টিপসগুলো কাজে লাগবে।