गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङबेसीका ३० तीर्थयात्री सम्पर्कविहीन

448 पटक पढिएको

१० भाद्र २०८३, बुधबार २२:२३ सम्पादक: धादिङ न्यूज

धादिङबेसी। रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका यात्रुहरू भीषण बाढीका कारण सम्पर्कविहीन भएका छन्। धादिङको सदरमुकाम धादिङबेसीबाट २५ जना यात्रु बोकेर गएको बा ५ ख १२५० नम्बरको बस र चालकसहित २६ जना बुधबार बिहानदेखि सम्पर्कविहीन भएका  हुन्।

नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ९ र १२ तथा सिद्धलेक गाउँपालिका–१ का तीर्थयात्रीहरू धादिङबेसीबाट उक्त बसमा गोसाइँकुण्डतर्फ प्रस्थान गरेका थिए। नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठले चलाएर लैजानुभएको बस बिहान करिब ९:१५ बजे नुवाकोटको बेत्रावती पुगेको जानकारी प्राप्त भएलगत्तै सम्पर्क विच्छेद भएको पारिवारिक स्रोतले जनाएको छ।

बेत्रावती पुगेपछि तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल तथा सञ्चार सम्पर्क विच्छेद भएको छ। बाढी आएलगत्तै “हामी सुरक्षित छौँ” भन्ने सन्देश आएको सुनिए तापनि त्यसपछि चालक श्रेष्ठसहित बसमा सवार कसैसँग पनि सम्पर्क हुन सकेको छैन।

यसै गरी काठमाडौंबाट अर्को गाडीमा गएका नीलकण्ठ–९ का एकै परिवारका थप चार जना पनि सम्पर्कविहीन भएका छन्।

यस्तै, काठमाडौंबाट रसुवातर्फ छुटेको बा ८५६५ नम्बरको अर्को बस पनि सम्पर्कविहीन भएको छ। थाक्रे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडाका अनुसार थाक्रे–७ सातकिला निवासी बिसुराम खतिवडा, उहाँकी श्रीमती, राजु खतिवडा तथा उहाँका बुवा–आमासहित एकै परिवारका ५ जना सो बसमा सवार थिए। उक्त बसमा नयाँ बसपार्क, कलंकी, अनलाइन टिकट र सातकिलाबाट गरी कम्तीमा ३५ जना यात्रु सवार रहेको र सबैजना सम्पर्कविहीन रहेको जनाइएको छ।

यसैबिच थाक्रे–७, जुगेखोलाका सुरेश भनिने राम सुवेदी तथा रैराङका अर्जुन तामाङ हालसम्म सम्पर्कमा नआउनुभएको थाँक्रे–७ का वडा अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ। उहाँहरू डिबा चालक रहेको बताइएको छ। त्यस्तै धादिङ धार्केका राजन श्रेष्ठ पनि सम्पर्क बाहिर रहेको भुवन श्रेष्ठले जानकारी दिनुभएको छ।

सम्पर्कविहीन यात्रुहरूको खोजी तथा उद्धारका लागि गृह मन्त्रालय, नुवाकोट र रसुवाका सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ। बेत्रावतीदेखि धुन्चेसम्मको बाटोमा बस वा यात्रुहरूबारे कुनै जानकारी पाउनुभएमा तत्काल प्रहरी, स्थानीय प्रशासन वा परिवारजनलाई खबर गरिदिन हार्दिक अनुरोध गरिएको छ।

धादिङबेसीबाट गएको बसका सम्पर्कविहीन यात्रु तथा चालक (बा ५ ख १२५०):

नीलकण्ठ नगरपालिका–१२:

  • छबिलाल श्रेष्ठ (बस चालक)

  • दयाराम लम्साल

  • सीता लम्साल

  • ठाकुर लम्साल

  • शारदा लम्साल

  • प्रकाश लम्साल

  • इन्दिरा लम्साल

नीलकण्ठ नगरपालिका–९:

  • राम लम्साल

  • जानुका लम्साल

  • कृष्ण प्रसाद खनाल

  • राधिका खनाल

  • रामचन्द्र खनाल

  • भगवती खनाल

  • शिवहरी लम्साल

  • गायत्री लम्साल

  • नारायण प्रसाद लम्साल

  • सीता लम्साल

  • राजन लम्साल

  • न्याउरी लम्साल

सिद्धलेक गाउँपालिका–१:

  • हरि प्रसाद सिलवाल

  • बिन्दा सिलवाल

  • घनश्याम भट्ट

  • कल्पना भट्ट

नीलकण्ठ नगरपालिका–३:

  • सीता तिवारी

  • तुल्सी तिम्ल्सिना

  • ईश्वरी तिम्ल्सिना

काठमाडौंबाट गएका नीलकण्ठ–९ का थप यात्रु:

  • गुणनिधि सुवेदी (सिताराम)

  • गुणनिधि सुवेदीकी श्रीमती

  • रामहरि सुवेदी

  • रामहरि सुवेदीकी श्रीमती

थाक्रे गाउँपालिका–७ का सम्पर्कविहीन यात्रु (बा ८५६५ नम्बरको बस):

  • बिसुराम खतिवडा

  • बिसुराम खतिवडाकी श्रीमती

  • राजु खतिवडा

  • राजु खतिवडाका बुवा

  • राजु खतिवडाकी आमा (सो बसमा अन्य ३० भन्दा बढी यात्रुहरू समेत सवार रहेको)

(नोट :  बसको तस्बिर पहिलेको भएको जानकारी गराउँदछौं ।)


This platform really knows how to treat its players right. I enjoy the diverse game selection and the whole experience runs smoothly on both desktop and mobile. It is a breath of fresh air compared to others I have tested. Welcome yourself to vnhi88f