बाढीले बगाएको सेफ तोडफोड गरी ९२ लाख बढी चोरी गर्ने २९ जना पक्राउ
217 पटक पढिएको
धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर रकम चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरिएको जनाएको छ।
प्रहरीका अनुसार भोटेकोशीको बाढीले बगाएको सेफ धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित बेलखुखोला स्थित। त्रिशूली नदीको किनारमा फेला परेको थियो। स्थानीय मानिसहरूले उक्त सेफ आफूखुसी तोडफोड गरी भित्र रहेको नगद रकम चोरी गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
भदौ १२ गते प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खानतलासी गर्दा विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरू:
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मास्टार निवासी २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय बिर बहादुर राना मगर, ३५ वर्षीय बिनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्ण लाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिव बहादुर राना मगर, ४६ वर्षीय युवराज अधिकारी, ४६ वर्षीय सुचिम बहादुर राना मगर, २४ वर्षीय सबिन श्रेष्ठ, ४३ वर्षीय प्रेम बहादुर राना मगर, १९ वर्षीय अनिल भेटुवाल, ४९ वर्षीय राम शरण सुवेदी, ३८ वर्षीय मिन बहादुर राना मगर, ३२ वर्षीय देवेन्द्र राना मगर, ३१ वर्षीय दिपक तामाङ, ३६ वर्षीय राज कुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेक बहादुर राना मगर र ३२ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्।
त्यसैगरी गल्छी-६ आदमघाटका ४७ वर्षीय सुशान्त श्रेष्ठ, गल्छी-८ सिमपानीका ३६ वर्षीय सानुभाइ श्रेष्ठ, सिद्धलेक-७ आदमटारका ४९ वर्षीय सानु खतिवडा, चितवन घर भई हाल गजुरी-८ आदमघाट बस्ने २९ वर्षीय विचारा आले मगर, गजुरी-८ आदमघाटका ३२ वर्षीय नारायण श्रेष्ठ र २० वर्षीय अग्नि आले मगर तथा पर्सा घर भई हाल गजुरी-६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी रहेका छन्।
बरामद रकमको आधिकारिक स्रोत पत्ता लगाउने काम भइरहेको र पक्राउ परेका सबै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ।








The app version is just perfect for playing on the go. Very stable and the rewards are awesome. Download winboxcasinoapk and see for yourself!
Really loving the vibe here. The bonuses are generous and it feels like a fair place to play. I’m spending a lot of my free time on krwinkcwinkr these days
It’s so important to remember gambling should be fun, not a source of stress. Seeing platforms like MiniBet focus on responsible play is great! If you’re curious, check out minibet download apk – but always play within your limits! 😊
The slots are incredibly addictive and the graphics are top notch. I managed to hit a nice win today thanks to mustang77slot
[601865]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org