भोटेकोशीको बाढीले टुटाएको धादिङ सदरमुकाम जोड्ने सडक सञ्जाल जोड्न वैकल्पिक मार्गको मर्मत गरिने
115 पटक पढिएको
धादिङ-भोटेकोशी नदीमा आएको अकल्पनिय भीषण बाढीका कारण धादिङ जिल्लाले ठूलो भौतिक पूर्वाधारको क्षति व्यहोर्नु परेको छ। बाढीको विनाशकारी बहावले त्रिशूली नदीमाथि बनेका मुख्य पक्की तथा झोलुङ्गे पुलहरू एकै दिन बगाएपछि पृथ्वी राजमार्गसँग जिल्ला सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रको सीधा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
बाढीका कारण जिल्लाको बैरेनी, जिन्सेटार, जहरे, घाटबेसी तथा पृथ्वी राजमार्गबाट सदरमुकाम जोड्ने मुख्य प्रवेशद्वारका रूपमा रहेको फुर्के खोलास्थित त्रिशूली नदीको पक्की पुल पूर्ण रूपमा ढलेको छ। यसका साथै नुवाकोटको केउरिनी र धादिङको गल्छीस्थित फोस्रेटार जोड्ने पक्की पुलमा पनि ठूलो क्षति पुगेको छ भने नदी तटीय क्षेत्रका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलहरूसमेत बाढीले बगाएको छ।
मुख्य सञ्जाल ध्वस्त भएपछि त्रिशूली नदी उत्तरतर्फ रहेका जिल्लाका आठवटा पालिकामा दैनिक उपभोग्य सामान, खाद्यान्न, इन्धन र औषधिको आपूर्तिमा गम्भीर सङ्कट पैदा भएको छ। वैकल्पिक मार्गहरू खोजिए पनि सडकको दयनीय अवस्था, हिलो र खाल्डाखुल्डीका कारण सवारी साधनहरू सहजै चल्न सकेका छैनन्। यसले गर्दा स्थानीय किसानहरूले उत्पादन गरेका तरकारी तथा दूध बजारसम्म पुर्याउन नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।
यसैबीच, बिग्रिएको यातायात व्यवस्थालाई सहज बनाउन र धादिङबेसीबाट काठमाडौँ जोड्ने वैकल्पिक सडक सञ्चालन गर्न तीनवटा सरकारी निकायले आकस्मिक मर्मत तथा स्तरोन्नतिको काम विभाजन गरेर अघि बढाएका छन्। परेवाटार, पिपलटार, बेलिनीटार हुँदै मासटार जोड्ने सडक खण्डको स्तरोन्नति र आकस्मिक मर्मत सुधारको काम सङ्घीय सरकार मातहतको नुवाकोट डिभिजन सडक कार्यालयले सम्हालेने भएको छ। त्यसैगरी, धादिङबेसी, सुनौलाबजार, भोर्ले, फोस्रेटार हुँदै कल्लेरी सडक खण्डको स्तरोन्नति तथा मर्मत सम्भार प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले गर्नेछ। यस्तै, धादिङबेसी, पात्ले, फ्याक्से, स्यालडाँडा, डाँडागाउँ हुँदै कोसीखोला जोड्ने सडक खण्डको स्तरोन्नति र सुधार कार्यको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजनालाई दिइएको छ।
अस्थायी रुटहरूमार्फत साना तथा अत्यावश्यक सवारी साधन चलाउने प्रयास गरिए पनि नदीमा नयाँ पक्की पुल वा बेलिब्रिज निर्माण नभएसम्म धादिङका आठ पालिकाका बासिन्दाको जनजीवन सहज हुन कठिन देखिन्छ।








Such a cool platform with a great community feel. I spent hours exploring and everything just works perfectly. Love it! bd1444game
Really liking the variety of games here. Everything feels fresh and the customer support is top notch. Give rosohokilogin a try for sure.
Honestly, the sheer volume of info on this is overwhelming. As a parent juggling everything, I just need reliable info. It’s smart they cover security details; checking the site via ac44 tournaments seems key before diving in. Hope the withdrawal process is genuinely smooth for everyone!