मुख्यमन्त्री थापाद्वारा नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको अनुगमन, राहत र पुनःस्थापनालाई प्राथमिकता दिने प्रतिबद्धता
108 पटक पढिएको
धादिङ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल , प्रतिनिधि सभाका पूर्व सांसद भूमि त्रिपाठी लगायतको टोलीले नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी पछिल्लो अवस्थाको जानकारी लिएको छ।
बुधबार बिहान नुवाकोट पुगेर फर्किएको टोलीले धादिङको गल्छी गाउँपालिकामा बाढीले क्षति पुर्याएको बैरेनी अस्पताल, आयुर्वेद औषधालय, बागेश्वरी मावि, अम्लेश्वर गुरुकुल विद्यालय र अम्लेश्वर मन्दिरका साथै स्थानीयका निजी घर तथा व्यापारिक प्रतिष्ठानहरूमा पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरेको थियो।
अनुगमनका क्रममा बाढीले गल्छी गाउँपालिकामा पुर्याएको क्षतिको विस्तृत विवरणबारे गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाका साथै सम्बन्धित वडाका वडाध्यक्षहरूले मुख्यमन्त्री थापा नेतृत्वको टोलीलाई जानकारी गराउनुभएको थियो।
स्थलगत निरीक्षणका क्रममा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थानीय अवस्था, सडक एवं भौतिक पूर्वाधारमा पुगेको क्षति र तत्काल आवश्यक राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गरिएको थियो। प्रभावित नागरिकको आवश्यकता पहिचान गर्दै तत्कालीन राहत सामग्री वितरण, अवरुद्ध सडक तथा यातायात सुचारु गर्ने कार्य र आगामी पुनर्स्थापनाका लागि आवश्यक समन्वयलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको टोलीले जनाएको छ। स्थलगत अवस्थाको वास्तविक मूल्याङ्कन र सम्बन्धित सबै तहका सरकार तथा सरोकारवालाहरूबीचको प्रभावकारी समन्वयलाई नै अहिलेको मुख्य आवश्यकताका रूपमा लिइएको छ।
यसैबिच, नुवाकोटमा विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि संघीय सरकार, बागमती प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरकारी कार्यालय र सरोकारवालाहरूको सहभागितामा समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा राहत व्यवस्थापन, सरसफाइ तथा डिसइन्फेक्सन, शव व्यवस्थापन, उद्धार तथा पुनःस्थापना लगायतका विषयमा गहन छलफल गरिएको थियो। साथै, विभिन्न सरकारी कार्यालय तथा संस्थाहरूको क्षतिको अवस्था, सेवा सञ्चालनको वर्तमान स्थिति र तत्कालको आवश्यकताका सम्बन्धमा सम्बन्धित प्रतिनिधिहरूबाट जानकारी लिइएको थियो।
स्थानीय तह र सरोकारवालाहरूबाट प्राप्त क्षति तथा आवश्यकता मूल्याङ्कनका आधारमा राहत, पुनःस्थापना तथा आवश्यक पूर्वाधार सुधारलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सहमति भएको छ। एकीकृत समन्वय र आवश्यकतामा आधारित कार्यलाई नै प्रभावकारी विपद् व्यवस्थापनको मुख्य आधार बनाउने निर्णय बैठकले गरेको छ।








Found this site through a friend and it is legit. The bonuses are actually usable and not just for show. Give bdl8992 a try.