नागढुंगा–मुग्लिन सडक खण्ड ठाउँ-ठाउँमा भासियो,आवागमन पूर्ण रूपमा ठप्प
62 पटक पढिएको
धादिङ, १७ भदौ । देशका ६७ भन्दा बढी जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गानजिकै पातले वन क्षेत्रमा बुधबार बिहान सडकको केही भाग भासिएपछि यातायात व्यवस्थापनमा फेरबदल गरिएको छ। सडक विभागका अनुसार हाल उक्त स्थानबाट पेट्रोलियम पदार्थ बोक्ने गाडी र दुईपाङ्ग्रे सवारी साधनलाई मात्र एकतर्फी आवतजावतको अनुमति दिइएको छ। त्यसबाहेक अन्य सबै सवारी साधनलाई भने नागढुङ्गा सुरुङमार्ग भएर पठाउने व्यवस्था मिलाइएको छ।
यसैगरी, रसुवा बाढी र त्रिशूली नदीको तीव्र कटानका कारण नौबिसे–मलेखु सडक खण्डका तीन ठाउँमा ठूलो क्षति पुगेको छ। मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा सबैभन्दा बढी क्षति पुगेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रले जानकारी दिनुभयो। कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ भने पहाडतर्फको डाँडासमेत चिरिएको छ। त्यस्तै मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने शीतलबजारमा ५० मिटर र मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा १०० मिटर सडकको छेउ भासिएको छ। यसका साथै चाम्बास छहरा क्षेत्रमा पनि सडक भासिएको छ।
आयोजना प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार त्रिशूली नदीले यस वर्ष धार परिवर्तन गरी सडकको फेदमा केन्द्रित भएर कटान गरिरहेको छ। गेग्रानसहितको बाढीले कृष्णभीरस्थित नदी किनारको रिटेनिङ वाल बगाएपछि सडकको तल्लो भाग कमजोर बनेको हो।
कृष्णभीर खण्डमा क्षति ठूलो भएकाले तत्काल मर्मत सम्भार गरी सञ्चालन गर्न सकिने अवस्था छैन। शीतलबजारमा भने पहाडतर्फको भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ।
त्यस्तै परेवाभीरमा १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेकाले थप जोखिम नहोस् भनी अत्यावश्यक बाहेकका सवारी रोकिएको पूर्वी खण्डका इञ्जिनियर राजिव मानन्धरले बताउनुभयो। सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सारेर र भित्तो सम्याएर साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
कृष्णभीर खण्ड तत्काल खुलाउन नसकिने भएपछि गोरखातर्फका उपयुक्त सडकहरूलाई मर्मत सम्भार गरी वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्न अध्ययन थालिएको छ। राजधानीको ‘लाइफलाइन’का रूपमा रहेको यस राजमार्गबाट दैनिक करिब १४ हजार सवारी साधन आवतजावत गर्ने गर्छन्।








Finding a trustworthy platform for us south asian players used to feel impossible until I stumbled on this place the deposit options fit our local habits perfectly and the customer service is patient and helpful I enjoy the variety of live tables and the way they handle withdrawals keeps me coming back regularly a refreshing option for anyone who wants fairness and quick action pk2jaybet
That’s a solid point about game accessibility! Seeing platforms like jl4 app prioritize mobile & easy deposits (like GCash!) is huge for Filipino players. Smooth onboarding is key to enjoying the experience! 🤔