धादिङ नेपाली समाज अमेरिकाद्वारा गल्छीका बाढीपीडितलाई १०० सेट ग्यास चुलो हस्तान्तरण, आपत्कालीन राहत कोष स्थापना
294 पटक पढिएको
धादिङ : भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिकाका बासिन्दाहरूका लागि धादिङ नेपाली समाज अमेरिकाले राहत सामग्री हस्तान्तरण गरेको छ। बाढीका कारण घरबार तथा भान्सा प्रभावित भएका १०० परिवारलाई तत्काल भान्सा व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले समाजले खाना पकाउने पूर्ण ग्यास सेट सहयोग गरेको हो।
धादिङ नेपाली समाज अमेरिकाका प्रतिनिधि रामेश्वर बुर्लाकोटीले गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडालाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। समाजले १०० थान भरी ग्यास सिलिन्डर, १०० थान दुई मुखे ग्यास चुलो, १०० थान रेगुलेटर तथा १०० थान क्लिप र पाईप (१.९ मिटर) गाउँपालिकालाई बुझाएको छ। विपद्को यस कठिन समयमा प्रवासमा रहेका नेपालीहरूले देखाएको यस अमूल्य सहयोगप्रति गल्छी गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।
यसैबिच, नेपालमा परेको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूलाई थप राहत पुर्याउन धादिङ नेपाली समाज अमेरिकाले अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकमार्फत ‘आपत्कालीन राहत कोष’ स्थापना गरेको छ। कोषलाई पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष राज गुरुङको संयोजकत्वमा महासचिव हरि गिरी (सदस्य सचिव) र कोषाध्यक्ष एलान तामाङ सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ। समाजले अमेरिकाका ५० वटै राज्यमा रहेका धादिङवासीहरूलाई यस मानवीय अभियानमा जोडिँदै स्वेच्छिक सहयोग गर्न आह्वानसमेत गरेको छ।








Really enjoying the bonuses here. I managed to hit a nice streak last night and the withdrawal was processed almost instantly. Very reliable site. See more at br77888bet
The bonus options here are actually decent and not just bait. Withdrawals were surprisingly fast too. Highly recommend vnxx88uk if you are looking for something reliable.
The structure here is quite thoughtful. It reminds me of how I used to teach complex topics-step-by-step! For anyone looking to build skills, check out fb001 apk; it seems very methodical.