स्थानीयको पहलमा आदमखोलामा अस्थायी काठेपुल निर्माण सम्पन्न

168 पटक पढिएको

२० भाद्र २०८३, शनिबार ११:०५ सम्पादक: धादिङ न्यूज

धादिङ – गल्छी गाउँपालिका वडा नम्बर २ र सिद्धलेक गाउँपालिका वडा नम्बर ७ जोड्ने आदमखोलामा  पुल नहुँदा सास्ती खेपिरहेका स्थानीय बासिन्दाको अग्रसरतामा काठेपुल निर्माण सम्पन्न गरिएको छ। धादिङको सिद्धलेक र गल्छीको सिमाना भएर बग्ने आदमखोलामा स्थानीयको सक्रियता र श्रमदानबाट काठेपुल तयार भएपछि सो क्षेत्रमा आवतजावत निकै सहज बनेको छ। स्थानीय समुदायको  पहलमा सम्पन्न यस निर्माण कार्यबाट विद्यालय जाने बालबालिका, खेतीकिसानी गर्ने किसानहरूका साथै सम्पूर्ण आम सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यसैबीच आदमखोला काठेपुल निर्माण अभियान टोलीले निर्माण कार्यमा भएको कुल आय–व्यय विवरण समेत सार्वजनिक गरेको छ। अभियानका क्रममा कुल रु. ८६,४१४/- संकलन भएकोमा पुल निर्माणमा कुल रु. ७९,६५५/- खर्च भएको छ। बाँकी रहेको रु. ६,७५९/- बचत रकमका रूपमा सुरक्षित राखिएको अभियान टोलीका राजाराम खतिवडाले जानकारी दिनु भयो ।

सिद्धलेक गाउँपालिका–७ र गल्छी गाउँपालिका–२ को सिमानामा पर्ने पर्खाले खोला क्षेत्रमा बाढीका कारण लामो समयदेखि अवरुद्ध सडक स्थानीयको श्रमदान र जनप्रतिनिधिको सहयोगमा मर्मत भई सहज रूपमा सञ्चालनमा आएको छ। परेवाटार–गल्छी जोड्ने तथा गुगल म्यापमा ‘प्रकृति पथ’ नामले चिनिने यो सडकखण्डको करिब ५० मिटर भाग बिग्रिएर साँघुरो र जोखिमपूर्ण बनेपछि सवारीसाधन मोड्न तथा ब्याक गर्न निकै सकस परेको थियो। भदौ १० गतेको बाढीले त्रिशूली नदीमा रहेका गल्छी र केउरिनीटार बाहेकका अन्य पुलहरू बगाएपछि यो मार्ग पृथ्वी राजमार्गको प्रमुख विकल्पका रूपमा प्रयोग हुँदै आएको छ।

पृथ्वीराजमार्गबाट सदरमुकाम धादिङबेसी जोड्ने बैकल्पिक मार्गका रुपमा चर्चामा आएपनि सडकको दुरावस्थाका कारण सवारी साधन चालकहरुले निकै सास्ती खेप्नु परेको थियो । सोही कारण आदमटारका युवाहरूले सडक मर्मतका लागि आफ्नै पहलमा श्रमदान अभियान सञ्चालन गरेका थिए। स्थानीयको यस तत्परताको कदर गर्दै गल्छी गाउँपालिका–२ का वडा अध्यक्ष शडानन्द खनालले बाटो सुधारका लागि जेसीबी मेसिन उपलब्ध गराउनुभएको थियो। स्थानीयको एकता, निरन्तर श्रमदान र जनप्रतिनिधिको तदारुकताले गर्दा असम्भवजस्तै बनेको सडक मर्मत कार्य सम्पन्न भएको स्थानीयले वताएका छन्। यसैबीच,


It’s great to see platforms prioritizing transparency, like displaying RTPs! Knowing the odds helps make informed choices. Exploring happy bingo sounds fun, especially with localized support for Filipino players – a big plus for accessibility! 😊