सभामुखसहितको टोलीद्वारा धादिङको बाढीग्रस्त क्षेत्रको निरीक्षण, फुर्केखोलामा बेली ब्रिज राखिने
137 पटक पढिएको
धादिङ- प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले सोमबार धादिङ जिल्लाका विभिन्न बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। महाविपत्तिको १३औँ दिन जनप्रतिनिधिद्वयले स्थानीय तह, सुरक्षा निकाय, प्राविधिक टोली र प्रभावित समुदायसँग भेटघाट गरी राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार पुनःसञ्चालनका विषयमा छलफल गर्नुभएको हो।टोलीमा प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया (सीता), पूर्व मन्त्री रामनाथ अधिकारी समेत सहभागि रहेका थिए ।
अवलोकनका क्रममा धादिङ सदरमुकाम नीलकण्ठसहित सातवटा स्थानीय तहलाई राजधानी र पृथ्वी राजमार्गसँग पुनः जोड्न मलेखुस्थित फुर्केखोलामा बेली ब्रिज राख्ने प्रस्तावित स्थानको निरीक्षण गरिएको छ। उक्त बेली ब्रिजको सम्भाव्यता, डिजाइन र कार्यान्वयनका विषयमा सडक विभागसँग छुट्टै प्राविधिक छलफल गर्ने समझदारी भएको छ। त्यसैगरी गजुरीतर्फ घाटबेसी स्थित पुलको अवस्था, कृष्णभिर पहिरो क्षेत्र र सञ्चालनमा रहेका कामहरूको प्रगतिका विषयमा पनि स्थलगत जानकारी लिइएको छ।
स्थानीय सडक विभाग, ठेकेदार, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसँगको सघन छलफलपछि अवरुद्ध बनेको सडक सोमबार बेलुकादेखि पुनः सञ्चालनमा आएको छ। टोलीले गल्छी, गजुरी र बेनीघाट–रोराङ गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा पुगी महेशदोभान , बागेश्वरी माध्यमिक विद्यालय, बैरेनी अस्पताल, होल्डिङ सेन्टर तथा स्थानीय विद्यालय र सहकारी भवनमा पुगेर पुगेको क्षतिको विस्तृत अवलोकन गरेको छ।
भ्रमण गरिएका सबै स्थानको क्षति र आवश्यकताको विवरण संकलन गरिएको र अब सम्बन्धित सरकारी निकायहरूसँग विषयगत रूपमा छलफल गरी कार्ययोजना बनाइने सभामुख अर्यालले बताउनुभयो। प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाँदै नियमित अनुगमन गर्ने र प्रभावित नागरिकको जीवन सहज बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता समेत जनप्रतिनिधिद्वयले व्यक्त गर्नुभएको छ।








Such an exciting atmosphere and the games are incredibly addictive. I spend a few hours here every evening just to unwind. Love the vibe. See it at phgalaxyph