त्रिशूली नदीको कटानले गल्छीको बेल्खु–भुत्याहा जोड्ने झोलुङ्गे पुल जोखिमम
30 पटक पढिएको
धादिङ, ११ असोज- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेल्खुबाट वडा नम्बर २ भुत्याहा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। त्रिशूली नदीमा आएको बाढीले पुलको भुत्याहाेतर्फको भागमा निरन्तर कटान गरेपछि पुल नै संकटमा परेको हो।
स्थानीय शिक्षक रामबहादुर खतिवडाका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ। बहाव बढेसँगै नदीले कटान तीव्र पारेपछि गल्छी–२ भुत्याहा र गल्छी–४ बेल्खु जोड्ने उक्त महत्वपूर्ण झोलुङ्गे पुल खतराको घेरामा पुगेको हो।
पुल जोखिममा परेपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।







