प्रयास नेपाल धादिङको २५औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन सम्पन्न

112 पटक पढिएको

१७ आश्विन २०८३, शनिबार १९:५८ सम्पादक: धादिङ न्यूज

धादिङ-प्रयास नेपाल धादिङको २५औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन  २०८३  असोज १७  गते शनिवार  सम्पन्न भएको छ। अधिवेशनबाट संस्थाको अध्यक्षमा पुनः वीरबहादुर श्रेष्ठ, उपाध्यक्षमा उषा बि.क., सचिवमा सरिता श्रेष्ठ, सहसचिवमा कपिलदेव सापकोटा, कोषाध्यक्षमा बिपिना सिञ्जाली मगर तथा सदस्यहरूमा ईश्वरीमाया चेपाङ र निर्मला श्रेष्ठ चयन हुनुभएको छ।

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा आय–व्यय विवरणको समीक्षा एवं अनुमोदन गरिएको छ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम पारित गर्नुका साथै समसामयिक विषयमा १७ वटा निर्णय गरिएको सदस्य रुपा कट्टेलले जानकारी दिनुभएको छ।

विगत २५ वर्षदेखि शिक्षा, बाल संरक्षण, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा सक्रिय प्रयास नेपालले समुदायको दिगो विकास तथा अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसैबीच, गत भदौ १० गते आएको भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूलाई राहत वितरण, आवश्यक सामग्री सहयोग तथा विपद्पछिको तत्कालीन प्रतिकार्य एवं पुनःस्थापनाका कार्यहरू समेत सञ्चालन भइरहेको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभएको छ।