दसैँभर ‘क्यु फ्री’ रहेका धादिङ मण्डलीका बस आजदेखि साविककै क्यु-डायलमा सञ्चालन हुने

43 पटक पढिएको

६ कार्तिक २०८३, बिहीबार ०७:१४ सम्पादक: धादिङ न्यूज

धादिङ । बडादसैँका अवसरमा केही दिनका लागि ‘क्यु फ्री’ (क्यू फ्रि) रूपमा सञ्चालन गरिएका धादिङ मण्डली यातायात प्रा.लि. अन्तर्गतका सवारी साधनहरू आज (कार्तिक ५ गते) देखि पुनः नियमित क्यु-डायल प्रणालीमा फर्किएका छन्।

धादिङ मण्डली यातायात प्रा.लि.ले एक सूचना जारी गर्दै दसैँमा यात्रुहरूको चाप र सुविधालाई ध्यानमा राखी गत कार्तिक १ गते आइतबारदेखि कार्तिक ४ गते बुधबारसम्म ‘क्यु फ्री’ सेवा लागू गरेको जनाएको छ। उक्त अवधिभर व्यवसायी तथा चालकहरूलाई स्वेच्छिक रूपमा सवारी साधन सञ्चालन गरी साविककै भाडा दरमा मर्यादित रूपमा सेवा प्रवाह गर्न आग्रह गरिएको थियो।

प्रा.लि.का संयोजक तुलसी प्रसाद अधिकारीद्वारा जारी सूचनामा ‘क्यु फ्री’ अवधिभर यात्रुवर्गमा पर्न गएको सम्भावित असुविधाप्रति क्षमा याचना गरिएको छ। साथै, कार्तिक १ गतेको आ-आफ्नो क्यु तालिकाअनुसार आज कार्तिक ५ गतेदेखि नियमित रूपमा सवारी साधनहरू सञ्चालनमा आउने जानकारी गराइएको छ।


Finally found a site that doesn’t lag during peak hours. The game selection is impressive and the support team is actually helpful. Great experience so far with vnvs888.