भोटेकोशी बाढीमा बेपत्ता जीवन श्रेष्ठको कुशको शव बनाएर अन्तिम संस्कार

16 पटक पढिएको

९ कार्तिक २०८३, आईतवार ०७:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ — गत भाद्र १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता हुनुभएका धादिङ सिद्धलेकका जीवन श्रेष्ठको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ निवासी श्रेष्ठ २१६ मेगावाटको अपर त्रिशूली–१ आयोजनामा डुसान कम्पनीको आदित्य ट्रान्सपोर्टमार्फत सवारी चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो। बाढीमा परेपछि उहाँको अवस्था हालसम्म अज्ञात नै रहेको छ।

लामो समय बित्दासम्म पनि अत्तोपत्तो नलागेपछि हिन्दू परम्पराअनुसार कार्तिक ७ गते काठमाडौँस्थित पशुपति आर्यघाटमा उहाँका छोरा जेनिस श्रेष्ठले कुशको शव लाई दागबत्ती दिई अन्तिम संस्कार गर्नुभएको हो।