जनकल्याणका ४४ विद्यार्थी र ४१ शिक्षकलाई शैक्षिक तथा राहत सामग्री वितरण

11 पटक पढिएको

१९ कार्तिक २०८३, बुधबार ०५:२३ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गल्छी गाउँपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयका ४४ जना विद्यार्थी र ४१ जना शिक्षकलाई एक कार्यक्रमका बीच शैक्षिक तथा राहत सामग्री वितरण गरिएको छ।
चाइल्डफन्ड जापान र प्रयास नेपालको साझेदारीमा सञ्चालित ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ (सेफ) अन्तर्गत भोटेकोशी बाढीपछिको प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत उक्त सामग्री वितरण गरिएको हो। कार्यक्रमका क्रममा शिक्षकहरूलाई झोला, डायरी तथा पेन र विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा र सरसफाइका सामग्रीहरू प्रदान गरिएको छ।
सामग्री वितरण कार्यक्रममा प्रयास नेपालका सह-सचिव कपिलदेव सापकोटा, सदस्य ईश्वरीमाया चेपाङ, चाइल्डफन्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल तथा सेफ परियोजना प्रबन्धक सन्तोष सत्याललगायतको उपस्थिति रहेको थियो।